पूर्वाञ्चल खबर
विराटनगर / राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सवको अवसरमा तीन जना पत्रकार पुरस्कृत गरेको छ ।
पुुरस्कृत हुनेमा उत्कृष्ट समाचारदतामा मोरङ उर्लावारी जिल्ला प्रतिनिधि सुमन घिमिरे, उत्कृष्ट तस्वीरमा ताप्लेजुङ्ग जिल्ला समाचारदाता सन्तोषकुमार सार्की र उत्कृष्ट आलेख “सुख्खागस्त क्षेत्रमा पानी पु¥याउन एक अर्व लगानी” तयार गर्ने समाचारदाता रविन्द्र काफ्लेलाई नगद पुरस्कार सहित सम्मान पत्रले प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की सम्मानित गरे ।
कार्यक्रममा बोल्दै मन्त्री कार्कीले रासस सदैव अगाडि रहनु पर्नैमा जोड दिए । उनले राससले सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गरिरहेकाले यसको साख र भविष्य उज्ज्वल रहजे बताए ।
मन्त्री कार्कीले जुनसोच र आधारवाट राससको स्थापना भएको त्यसलाई अझ उचाईमा पु¥याउनु पर्ने वताए । उनले राससलाई समय सापेक्ष वनाउन प्र्रदेश स्तरका कार्यालयहरु प्रदेश सरकारका मातहतमा आएमा यस्को भौतिक संरचना र अन्य कार्यहरु गर्न सरकारले सहयोग गर्ने समेत वताए ।
मन्त्री कार्कीले ६ दशक अगाडि राष्ट्रिय समाचार समिति जुन सोचले स्थापना भएको त्यो अहिले सार्थक भएको छ भन्दै यसलाई अझ व्यवसायिकता अपनाउनु पर्नेमा जोड दिए । मन्त्री कार्कीले राससका समाचारदातालाई समय सापेक्ष तालीम प्रदान गर्न प्रदेश सरकार सहयोग गर्ने वचन समेत दिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले रासस राष्ट्र र जनताका लागि समाचार सम्प्रेषण गरेर सहयोग गरिरहेको कुरामा जोड दिए ।
नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक गौतम, महिला पत्रकार समुह प्रदेश १ का अध्यक्ष इन्दिरा भट्टराई र महासघका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले राससका समाचारप्रति अहिले पनि सञ्चारमाध्यमहरु निर्भर रहने गरेको चर्चा गरे ।
सेवाग्राहीको तर्फवाट उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीले सञ्चार माध्यमहरुको विकास र विस्तार नभएको समयमा राससले नै देश र जनतालाई सूसुचित गरेको स्मरण गराए ।
विराटनगर महानगरपालिका वडा नं ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले राससलाई भौतिक संरचना सुधार गर्नमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पुरस्कृतको तर्फवाट पाँचथरका जिल्ला समाचारदाता रविन्द्र काफ्लेले समाचार सम्प्रेषण गरेर पुरस्कृत हुन पाएकोमा खुशी व्यक्त गरे ।
रासस प्रदेश १ का प्रमुख मोहम्मद सदरुलले राससले “विकासका लागि सञ्चार” भन्ने मूलमन्त्रलाई सार्थक वनाउनेतर्फ रासस दिनरात नभनी लागि रहेको बताए ।