पूर्वाञ्चल खबर
संक्रमणमुक्त हुनेमा ५१ महिला र ५७ पुरुष रहेका छन् । ३६५ जनाको पीसीआर परीक्षण गर्दा ७५ र ७६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २८, मोरङमा २६, सुनसरीमा १७, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण भएको हो ।
झापाको विर्तामोडमा ८, मेचीनगर र दमकमा ६–६, बुद्धशान्तिमा ४, कनकाईमा २, अर्जुनधारा र शिवसताक्षीमा १–१, मोरङको विराटनगरमा २०, बेलबारीमा ३, उर्लाबारीमा २, सुन्दरहरैचामा १, सुनसरीको इटहरीमा ११, धरानमा ५, रामधुनीमा १, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको चौदण्डीगढीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।