पूर्वाञ्चल खबर
विराटनगर / अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिताको उपाधी मोरङको रङ्गेली–१ बवियाविर्ताको सनरे बोर्डिङ स्कूलले जितिको छ ।
बिकेभिएम बोर्डिङ स्कूलको आयोजनामा भएको उक्त प्रतियोगिताको आज सम्पन्न फाइनलमा बुढीगंगा गाउँपालिका स्थित मोरङ पब्लिक स्कूललाई २५– १४, २५ –२३ र १९– २५ को सेटले पराजित गरि सनेरेले उपाधी जितेको हो ।
फागुन ३ गतेदेखि सुरु भएको प्रतियोगितामा १४ वटा विद्यालयहरूको सहभागिता रहेको थियो । विजेता हुने खेलाडीहरूलाई प्याब्सन मोरङको वरिष्ठ उपाध्यक्ष सिताल सुब्बाले पुरस्कार तथा ट्रफि वितरण गरेकी थिइन् ।