प्रहरीलाई पराजित गर्दै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

खबर पूर्वाञ्चल, ३० चैत्र २०७७, सोमबार २२:०८

पुष्पराज थपलिया
विराटनगर / विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा बिभागिय टिम सशस्त्र प्रहरी बल (एपीएफ) काठमाण्डौ सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपीएपलले आज भएको तेस्रो क्वाटरफाइनल खेलमा बिभागिय टिम नेपाल प्रहरीको चुनौतिलाई २–० गोलले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएपलको जितमा मणि लामा र आशिष लामाले गोल गरे ।

एपीएफ वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ सँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले पहिलो र दोस्रो खेलमा भारत सिकिमको युनाइटेड र वेस्ट बंगालको टिमलाई पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षीत गरेको छ ।

पूर्व विजेतासमेत रहेको नेपाल पुलिस क्लबले पहिलो खेलमा नै हार व्यहोरेपछि छैठो संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । पुलिसले २०७३ सालमा भएको विराट गोल्डकपको उपाधि हात पारेको थियो ।

दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा नेपाल प्रहरी पछि प¥यो । खेलको ४६ औं मिनेटमा एपीएफका मणि लामा गोल गर्दै एपिएफको खाता खोले । पुलिसका खेलाडिले डिबक्स छेउमा क्लियरिङ गर्न खोज्दा एपिएफका मणिले गोल गरेका थिए । पहिलो हाफ प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा पहिलो हाफसम्म दुवै टिमले गोलरहित खेल बराबरी खेलेका थिए ।

खेलको १९ औं मिनेटमा एपीएफका मणि लामाले डिबक्स बाहिरबाट गरेको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । २४ औ मिनेटमा एपिएफका सनिस श्रेष्ठले मिलाएको पासलाई बुद्धिमान राईले टच गर्न नसक्दा उपिएफले गोल गर्ने राम्रो अवसर गुमायो । खेलको ३९ औं मिनेटमा प्रहरीका सुमन लामाले पेनाल्टी एरियादेखि गरेको प्रहार पहिलो बारमाथिदेखि बाहिरदा गोल गर्ने राम्रो अवसर गुमायो । ४१ औ मिनेटमा सुदिप सिक्राकारले डिबक्सभित्रबाट प्रहार गरेको कडा प्रहारलाई एपिएफका गोलकिपरराजु नगरकोटीले डाइभ गर्दै उत्कृष्ट बचाउ गरेका थिए ।

एक गोलले पछि गरेको पुलिसले दोस्रो हाफदेखि सुधारिएको खेल खेलेको थियो । दोस्रो हाफदेखि प्रहरीको एकपछि अर्को प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले बाधक भए । पुलिसले दोस्रो आधा दर्जन गोल गर्ने अवसर खेर फाल्दा पराजित हुन पुग्यो । ६१ औ मिनेटमा डिबक्सभित्रबाट पुलिसका सुदिज सिक्राकारले गरेको प्रहार पहिलो बार माथिबाट बाहिरिन्दा बराबर गर्ने अवसर गुमायो । ७२ औं मिनेटमा प्रहरीका तेज तामाङले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले फेरि बाधक बने ।

खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा वान भर्सेज वानमा गरेको प्रहार पहिलो बारमाथिबाट बाहिरिन्दा बराबरी गर्ने अन्तिम मौका गुमाएको थियो ।

दोस्रो हाफको अतिरिक्त समयको तस्रो मिनेटमा एपीएफका आशिष लामाले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।आशिषले मैदानका विच भागबाट एक्लै बललाई अगाडी बढाउँदै वान भर्सेस वानमा प्रहार गरेको बल गोलमा परिणत भएको थियो । प्रहरीका गोल रक्षक रोशन खड्का मध्यभाग अगाडी बढदा आशिषले बललाई एक्लै अगाडी बढाएर गोल गरेका थिए ।

 

खेलको म्यान अफ द म्याच एपीएफका मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

जितपछि प्रतिक्रिया दिदै सशस्त्र प्रहरीका प्रशिक्षक सुदिप श्रेष्ठले खेलाडीहरुको मेहनतको कारणले विभागिय टिमललाई हराएको बताए । प्रहरीका प्रशिक्षक अन्नतराज थापाले केटाहरु प्राय सवै नया भएको कारणले गर्दै खेलमा फर्किन समय लाग्ने बताए

मंगलबार खेल पोखरामा शनिबार सम्पन्न भएको १९ औं संस्करणको आहा रारा गोल्डकपको फाइनलिष्ट संकटा क्लव काठमाण्डौ र अफ्रिकन रुट्स बिच प्रतिस्पर्धा आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५