RUMPUM
animated ellipse animated ellipse

चट्याङले लागेर एक जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ फाल्गुन २०७५, शनिबार १९:०३
3
Shares

पाँचथर / पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ पौवामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन ।

आफ्नो घर नजिकै रहेको काकाको घरमा बसीरहेका १७ वर्षिय भगेन्द्र तामाङ र निजकै भाई ११ वर्षिय मनकुमार तामाङलाई आज दिउँसो पौने ४ बजेको समयमा अचानक परेको चट्याङको झड्काले लागेर दुवै जना गम्भीर घाईते भएका थिए ।

घाईते दुबै जनालाई जिल्ला अस्पताल पाँचथर पुर्याउनासाथ भगेन्द्रलाई डाक्टरले मृत घोषणा गरेका थिए भने मनकुमारको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर