RUMPUM
animated ellipse animated ellipse

रुपन्देही च्यालेञ्जर्सको विजय शूरुवात

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ माघ २०७५, सोमबार २१:२६
3
Shares

धनगढी/तेस्रो संस्करणको धनगढी प्रिमयर लिग (डिपिएल) टी–२० क्रिकेटकोे खेलमा रुपन्देही च्यालेञ्जर्सले विजय सुरुवात गरेको छ ।

फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा रुपन्देही च्यालेञ्जर्सले महेन्द्रनगर युनाईटेडलाई २ रनले पराजित गरेको हो ।

रुपन्देहीले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको मेहेन्द्रनगर युनाइटेडले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाएपछि २ रनले पराजित भएकाृ हो । मेहेन्द्रनगरका लागि सुब्रमनियम आनन्दले २५ रन जोड्दा रोहितकुमार पौडे्लले २४ रनको योगदान गरे । आनन्दले ३४ बलमा १ चौका र २ छक्कका प्रहार गरेका थिए भने पौडेल २१ बलमा २ चौका र १ छक्का हिर्काए । त्यस्तै कुसल मल्लले ११ रन,कप्तान शरद भेषवाकरले ८ रन, दिलिपनाथले ८ रन, आरिफ शेखले ५ रन, सिद्धार्थ लोहनी सुन्य रनमा आउट भए भने युएईका कप्तान मोहमद नाविदले १२ रन, अमर सिहँ राउटेलले ६ रन तथा अविनाश बोहोराले ३ रन बनाए ।

रुपन्देही च्यालेञ्जर्सका विक्रम सोवले ३ विकेट लिँदा पुनित मेहरा २ विकेट लिए । कप्तान बसन्त रेग्मी, ललित भण्डारी र किष्ण कार्किले एक आपसमा १–१ विकेट बाँडे ।

यस अघि टस जितेर ब्याटिङ गरेको रुपन्देही च्यालेञ्जर्सले निर्धारित २० ओभर पुरै खेल्दै सवै विकेट गुमाउँदै १ सय ११ रनको सामान्य योगफल तयार पारेको थियो । रुपन्देहिकालागि सुमित महर्जनले २७ रन जोड्दा विनोद भण्डारीले १९ रन, बाबर हायाते १४ रनको योगदान गरे । सन्दिप सुनारले १५ रन, पुनित मेहेरा ३ तथा भीम सार्कीले २ रन, प्रदिप ऐरीले १ रन,कप्तान बसन्त रेग्मीले शुन्य रन, किष्न कार्कीले ४ रन,विक्रम सोबले १६ रन जोड्दा ललित भण्डारी भने सुन्य रनमा नै आउट भए ।

महेन्द्रनगर युनाईटेडका सिद्धार्थ लोहनीले ३ विकेट लिए भने सागर ढकाल र अविनाश बोहोराले समान २–२ विकेट लिँदा कप्तान शरद भेषवाकर १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर