पूर्वाञ्चल खबर
किरात राई यायोक्खा मोरङको आज पथरीमा भएको छैठौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाले करिव एक दशकदेखि पूर्वी नेपालको १७ वटा जिल्लालाई भूगो, इतिहास, सभ्यताको सम्मानको लागि प्रदेशको किरात राखिनु पर्ने माग गर्दै प्रचारात्मक अभियानहरु सञ्चालन गर्दै आएको छ ।
मुख्यमन्त्री राईले सो बिषय आफू जानकार रहेको उल्लेख गर्दै बलियो तर्क र तथ्यको आधारमा प्रदेशको नाम राखिने बताए । माघ २० गतेदेखि चलिरहेको हिउँदे अधिवेशनले फागुन अन्त्यसम्मा प्रदेशको नाम राखिसक्ने बताउँदै मुख्यमन्त्रीको हैसियतले प्रदेश सभासदस्यहरुसँग आफूले समन्वयको भूमिका खेल्ने बताए ।
किरात शब्द, विचार वा नामको आधारमा सवैले सम्मान गरिरहेको आफूले बुझेको मुख्यमन्त्रीको भनाइ थियो । नेपाल भनेपछि हिमाल, पहाड र तराई सम्पूर्णक्षेत्रलाई समेटे जस्तै यो अखण्डतालाई अझ बलियो बनाएर लानुपर्ने मुख्यमन्त्री राईको भनाई थियो ।
मोरङको पथरीशनिश्चरे—१० मा बन्न लागेको संग्राहलयको बारेमा भइरहेको बहस बारे आफू अपडेट नभएको बताए । प्रदेश सरकारले अन्तराष्ट्रबाट पनि पर्यटन तान्न सक्ने प्रकारको महासंग्राहलय बनाउन लागेको बताए । उक्त क्षेत्रमा स्थानीय आदिवासी जनजाति समुदायले आदिवासी संग्राहलय बन्नुपर्ने माग गर्दै आएको छ ।