RUMPUM
animated ellipse animated ellipse

ए डिभिजन क्रिकेटमा गुराँस पुस्तकालयलाई सफलता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ माघ २०७५, सोमबार २०:४६
3
Shares

विराटनगर / विराटनगरमा जारी ए डिभिजन क्रिकेट प्रतियोगिमा गुराँस पुस्तकालय विजयी भएको छ ।

विराटनगर– १९ मा रहेको वैजनाथ क्रिकेट मैदानमा आज भएको समुह वि को खेलमा गुराँसले विराट क्रिकेट एकाडेमीलाई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटले ४२ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ६६ रनको सामान्य योगफल तयार पारेको थियो । विराटका मनोज मण्डलले २९ रन बनाउँदा निरज मुखियाले २७ रनको योगदान दिए । गुराँसका कुन्दन यादवले ३ विकेट र अविज्ञान यादव २ विकेट लिए ।

१ सय ६६ रनको लक्ष्य पछ्याएको गुराँसले ४२ दशमलव ३ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । गुराँसका म्यान अफ दी म्याच शाकिब हकले अविजित ९३ रन बनाउँदा निर्मल कामतले १३ रनको योगदान दिए विराटका मनोज मण्डलले २ विकेट र मिनश थापाले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर