RUMPUM
animated ellipse animated ellipse

खोटाङका भण्डारीको गजल पहिलो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ माघ २०७५, शुक्रबार १८:५३
3
Shares

विराटनगर / विराटनगरस्थित विएफएमले आयोजना गरेको खुल्ला गजल प्रतियोगितामा खोटाङका छविलाल भण्डारी प्रथम भएका छन् ।

विएफएमको १३ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खुल्ला गजल प्रतियोगितामा वाचन गरिएका २२ जना गजलकारलाई उछिन्दै भण्डारी प्रथम भएका हुन् । उनले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र हात पारे । त्यस्तै भोजपुरकी घिमिरे लक्ष्मी उध्र्वगामी द्वितीय र सुनसरीकी राधा भट्टराई तथा भोजपुरका आयुष बुढाथोकी तृतीय भए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल र एफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठले क्रमशः ३ हजार र १ हजार ५ सय नगदका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरे । वार्षिकोत्सवका अवसरमा एफएमले हरेक वर्ष खुल्ला गजल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

देशभरबाट प्राप्त भएका ९६ गजलमध्ये वाचनका लागि २२ वटा गजल छानिएको कार्यक्रम संयोजक मीनकुमार नवोदितले जानकारी दिए । २२ वटा गजलमध्येबाट साहित्यकार दिङ्लाली कान्छो र बद्री भिखारीको निर्णायक समितिले पुरस्कृत गजलकार छनौट गरेको हो । त्यस्तै समारोहमा वरिष्ठ संगीतकार एवं संगीत प्रशिक्षक कुशेश्वर राई र भ्वाइस अफ नेपालमा उत्कृष्ट हुने विजे थपलियालाई सम्मान गरिएको थियो । एफएमले गत वर्षदेखि संगीतसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।

कार्यक्रममा स्वर संगम संगीतालयका कलाकारहरुले वसन्त राग प्रस्तुत गरेका थिए । समारोहमा रमाप्रसाद रिजाल, देवी पन्थी, मधु पोखरेल, लावण्य सापकोटा, भरत गुरागाईं, रोमा निरौला, पूजा आराधना, एन्जिला पन्तलगायतले पनि अप्रतियोगी गजल प्रस्तुत गरे । हाँस्यकलाकार पारस थापाले क्यारिकेचर गर्दा दर्शक पेट मिचीमिची हाँसेका थिए । प्राज्ञ पोखरेलले विएफएमले स्थापनाकालदेखि नै कला, साहित्य र संगीतलाई माया गरेको बताए । उनले एफएम रेडियोमाझ विएफएमले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताए । ‘अहिले एफएमहरु टोलैपिच्छ खुलेका छन्,’ पोखरेलले भने, ‘तर विएफएमले आफ्नो स्तरलाई उच्च राख्न सफल भएको छ ।’

कार्यकारी निर्देशक डा. श्रेष्ठले स्रोताले सुन्न लायक रेडियो बनाउन सफल भएकोमा खुशी व्यक्त गरे । उनले स्थापनादेखि नै विएफएमले कला, साहित्य र संगीतलाई सम्मान गर्दै आएको बताए ।

एफएमकी कार्यक्रम निर्देशक निशा खुसी, समाचार संयोजक नेत्रपी अधिकारी, उमा पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर