RUMPUM
animated ellipse animated ellipse

पत्रकार पाठक र साहित्यकार सुवेदी पुरस्कृत हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ माघ २०७५, शुक्रबार १८:४४
3
Shares
विराटनगर / पुरुषोत्तम–धनकुमारी चापागाईं स्मृति कोष विराटनगरले यस वर्षको साहित्य र पत्रकारिता पुरस्कार पाउने व्यक्ति चयन गरेको छ ।

कोषको हालै बसेको बैठकले पत्रकारितातर्फ पत्रकार सुशीला पाठकलाई सो पुरस्कार दिने निर्णय भएको छ । पाठक मकालु टेलिभिजनमा कार्यरत छिन् । यसअघि सो पुरस्कारबाट पत्रकार विक्रम निरौला पुरस्कृत भएका थिए । यसैगरी साहित्यतर्फ झापा सुरुङ्गाका ज्ञानराज सुवेदीलाई पुरुषोत्तम–धनकुमारी चापागाईं स्मृति साहित्य पुरस्कार दिने निर्णय गरेको हो । गत साल सो पुरस्कारबाट साहित्यकार मेनुका चापागाईंलाइ पुरस्कृत गरिएको थियो । यसैगरी पुरस्कारको राशी जनही १० हजार रुपैया रहेको छ । कोषमा २ लाख रुपैया रहेको छ । सो संस्थाले यसअघि विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, स्टेशनरी सामाग्री वितरण गर्नुका साथै गोग्राह स्कुलका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरेको थियो ।

आगामी फागुन ११ गते विशेष कार्यक्रम गरी पुरस्कार वितरण गरिने कोषका अध्यक्ष माधव अत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर