पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर महानगरपालिका ८ की ११ बर्षिय बालिका रुपमती दासकोे शव भेटिएको एकसाता सम्म हत्यामा संलग्नलाई कारवाहीको माग गदै स्थानीयबासीले प्रदर्शन गरेका छन् ।
घटनामा संलग्नलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गर्दै स्थानीयले आव विराटनगरमा प्रदर्शन गरेका हुन् । घटनाका कारण गाउँमा बस्न गाह्रो भएको बताउँदै प्रदर्शनमा उत्रिएकाहरुले प्रहरीले हत्यारालाई पक्राउ नगर्दा संकाहरु उत्पन्न भएको बताए । गत शनिवार घरबाट हराएकी बलिकाको शव आइतबार बिहान सिंघिया खोला किनारमा नग्न अवस्थामा भेटिएको थियो ।
विराटनगर ८ अशोक चोकबाट सुरु भएको प्रदर्शनले विराटनगर परिक्रमा गरेको थियो ।आन्दोलनमा उत्रिएका स्थानीयले हत्यारालाई फासीको माग गरेका छन् ।
खोला किनारमा भेटियो बालिकाले लगाएको कपडा
विराटनगर महानगरपालिका – ८ स्थीत सिंघिया खोला किनारमा ११ बर्षिय बालिका रुपमती दासको शव भेटिएको एकसाता पछि प्रहरीले कपडा फेला पारेको छ । गत शनिवार टिभी हेर्न जाने क्रममा हराएकी बालिकाको शव आइतबार विहान सिंघिया खोला किनारमा नग्न अवस्थामा भेटिएको थियो । बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान सुरु गरेको प्रहरीले बालिकाले लगाएको स्वीटर, टाउजर र टोपी फेला पारेको हो ।
आइतबार बिहान घर नजिकै चप्पल फेला परेको थियो । हत्या आरोपमा केहीलाई नियन्त्रणमा लिएको प्रहरीले प्रमाण खोज्ने क्रममा खोला किनारमा लुकाएको अवस्थामा टाउजर र स्वीटर फेला पारेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । प्रहरीले हत्या आरोपमा अनुसन्धानकालागि ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।