पूर्वाञ्चल खबर
बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका– ३ का ३२ वर्षीय संजयकुमार ठाकुरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
भारतको जोगवनीबाट को.२१ प ९८९६ नम्बरको स्कुटरमा नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्ने क्रममा स्कुटरको साईड प्यानलमा लुकाई राखेको अवस्थामा लागूऔषध बरामद गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीले ठाकुरको साथबाट लागूऔषध ५० थान एम्पुल, लुपिजेसिक ५० एम्पुल र डाईजेल्याव ५० एम्पुल फेलापरेको बरामद गरेको थियो ।
विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट पक्राउ परेका ठाकुरलाई बरामद लागूऔषधसहित इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।