AArya
RUMPUM
animated ellipse animated ellipse

हिसान स्पोर्टस मिट सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ माघ २०७५, मंगलवार १९:२१
3
Shares
कोवासविरुद्ध बलिङ गर्दै ग्रिनल्याण्डका मानस अधिकारी

विराटनगर / उच्च शिक्षालय तथा विद्यालय संघ हिसान मोरङले विराटनगरमा ८ औं हिसान स्पोर्टस मिट आजदेखि विराटनगरमा सुरु भएको छ ।

खेलकुदका माध्यबाट विद्यार्थीलाई शारीरिक स्वास्थ्य राख्ने उद्देश्यले खेलकुद महोत्सव आयोजना गरेको हो । प्रतियोगिता अन्तर्गत आज भएको क्रिकेटमा अर्किड र ग्रिनल्याड तथा फुटबलमा ग्रिनल्याण्ड र मेरील्याण्ड, बुद्ध र कोशी कलेज विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत फुटबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले सिर्जनाज्ञान कुञ्जलाई २–० गोलमा पराजित गर्दै पहिलो चरणमा प्रवेश गरेको छ । ग्रिनल्याण्डका मुकेश बोगटी र पेमा गुरुङले समान १–१ गोल गर्दै टिमलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच ग्रिनल्याण्डका पेमा गुरुङ घोषित भए ।

त्यसैगरी दोस्रो खेलमा मेरिल्याण्ड कलेजले नेशनल एकेडेमीलाई ६–२ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । मेरिल्याण्डका सन्तोष चौधरीले ३ गोल, अनिष चौधरी, स्वीकार भट्टराई र समिर क्षेत्रीले १–१ गोल गरेका छन् । नेशनल एकेडेमीका बुद्धबल तामाङ र विक्रम राजवंशीले १–१ गोल गरे । म्यान अफ द म्याच मेरिल्याण्डका सन्तोष चौधरी भए ।
तेस्रो खेलमा बुद्ध अंग्रेजी बोर्डिङ स्कुलले शिक्षादीप कलेजलाई ३–१ गोल गर्दै पहिलो चरणमा प्रवेश गरेको छ । बुद्धका विमल राजवंशी, राजीवकुमार खवास र विराजकुमार मुसहरले समान १–१ गोल गरे । शिक्षादीपका लागि राहुल चौधरीले गोल गरे । म्यान अफ द म्याच बुद्धका राजीवकुमार खवास भए ।

चौथो खेलमा कोशी कलेजले पथरीको एभरेष्ट कलेजलाई २–० गोलमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । म्यान अफ द म्याच कोसीका पर्शु राई भए ।
त्यस्तै क्रिकेटतर्पm पहिलो खेलमा अर्डिक कलेजले सिटी कलेजलाई ५२ रनले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । टस हारेर ब्याटिङ गरेको अर्किडले २० निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय २० रन बनायो । जसमा मोहित अर्यालले ३२ रन, रञ्जन पासवानले २२ रन र जस किशनले १४ रन बनाए । सिटीका सचिन साहले ३ विकेट लिए ।

१ सय ३ रनको विजयी लक्ष्य पाएको सिटीले १७ ओभर १ बलमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । जसमा विजय सहनीले १२ रन , अर्जुन राजवंशी १२ रन र वीरेन्द्र राजवंशीले ११ रन बनाए । अर्किडका सिद्धार्थ ढकाल र मञ्जित कामले ३–३ विकेट लिए भने मोहित अर्यालले २ विकेट लिए । अर्किडका मोहित अर्याल म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा ग्रिनल्याण्ड कलेजले कोबास कलेजलाई १२ रनले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको ग्रिनल्याण्डले १५ ओभरमा छोट्याएको खेलमा ८ विकेटको क्षतिमा १ सय १ रन बनायो । जसमा पिन्टु यादवले १५ रन , सन्तोष गुप्ताले १३ रन र मिहिर मिश्रले १० रन बनाए । कोबासका इवाजत अली र दीपेन्द्र रायले ३–३ विकेट लिए ।

१ सय २ रनको विजयी लक्ष्य पाएको कोबासले १४ ओभर ५ बलमा ८९ रनमै समेटियो । जसमा साहेल आलमले ४२ रन , दीपेन्द्र रायले ११ रन र रितिकले १० रन बनाए । ग्रिनल्याण्डका सिद्धार्थ यादवले ५ विकेट र मानस अधिकारीले ३ विकेट लिए । म्यान अफ द म्याच ग्रिनल्याण्डका सिद्धार्थ यादव भए ।

हिसान स्पोर्टस् मिटमा फुटबल, क्रिकेट, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्सका खेलमा मोरङका २४ कलेजको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर