AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को प्रदेशसभा बैठक माघ २० देखि सुरु हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ माघ २०७५, बुधबार १६:१३
3
Shares
विराटनगर /परदेश १ को हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ ।

आज विराटनगरमा प्रदेश मन्त्रिपरिषद्को बसेको बैठकले स्थायी राजधानी र नाम तोक्ने गरी प्रदेश संसदको हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु गर्न मिति तय गरेको हो । सरकारको सिफारिसमा अब प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नेछन् । प्रदेश सभाको बर्खे अधिवेशन गत असोज २३ गतेसम्म चलेको थियो ।

नाम र राजधानी तोक्न सरकारले गृहकार्यसमेत सुरु गरेकोले यो अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ । मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धु्रव सुवेदीका अनुसार मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला मन्त्रालयको रकम खर्च गर्ने अख्तियारी प्रदान गर्ने स्विकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रदेश पर्यटन विकास सम्बन्धी विधेयकलाई संसदमा पेस गर्न सहमति दिएको छ । कोशी रिफ्रेसमेन्ट परियोजनाको बजेट र सामाजिक विकास मन्त्रालयको योजना तथा सञ्चालन कार्य्िवधि २०७५ लाई मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।

प्रदेश भूमि, कृषि तथा सहकारी मन्त्रालयको मन्त्रालय र मातहतका निकायबाट विनियोजित कार्यक्रम बजेट कार्यान्वयन गर्न निर्दे्िशका तथा कार्यविधिलाई समेत बैठकले स्विकृति दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर