RUMPUM
animated ellipse animated ellipse

छुरी धसेर सुनवारको हत्या गर्ने भारतीय नागरिक पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० पुष २०७५, सोमबार २०:३८
3
Shares
विराटनगर / सिमावर्ती क्षेत्र जोगवनीमा एक नेपालीलाई छुरा प्रहार गरि हत्या गरेको आरोपमा एक जना भारतीय नगरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको इटहरी– १० शिवनारायण टोलका ४५ वर्षिया कृष्णबहादुर सुनवारलाई छुरा प्रहार गरि हत्या गरेको आरोपमा भारतको अररीयाका १९ वर्षिय पंकजकुमार रायलाई पक्राउ गरेको हो । उनीहरु विच लागूऔषध सेवनमा बिवाद हुँदा रायले सुनवारलाई छुरा हानी हत्या गरेको खेलेका छ ।

भारतबाट सिमा क्षेत्रबाट विराटनगर प्रवेश गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इप्रका रानीको संयुक्त प्रहरी टोलीले रायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । रायले सुनवारको हत्या गरेको ९ महिनापछि प्रहरीले रायलाई पक्राउ गरेको हो ।

‘लामो समयसम्मकोे अनुसन्धान र निगरानीपछि हत्यामा संलग्नलाई पक्राउ गरेका छौं,’ डिएपी श्रेष्ठले भने, ‘अहिलेसम्मको प्रारम्भिक अनुसन्धाबाट हत्याको मुख्य कारण लागूऔषधको विवादमा भएको प्रहरीले जनाएको छ ।

सुनवार समेत लागूऔषध प्रयोगकर्ता रहेकाले उनी जोगवनीमा लागूऔषध सेवन गर्न गएको बेला सामान्य विवाद भएपछी सुनारको हत्या गरेको पक्राउ परेका रायले स्वीकार गरेको प्रहरीको भनाई छ । ‘लागूऔषध सेवनमा विवाद हुँदै गयो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘विवाद बढदै जाँदा रायले साथमा बोकेको चक्कुले सुनवारलाई प्रहार गरि भारततर्फ भागे ।’ प्रहरीले सुनवारको हत्यामा संलग्न अभियुक्तको पहिचान गरि लामो समयपछि पक्राउ गर्न सफल भएको प्रवक्ता डिएसपी श्रेष्ठले बताए ।

२०७४ चैत १९ गते दिउँसो सिमा क्षेत्र जोगवनी–रानी बोर्डर नजिकै रहेको दशगजा क्षेत्र भित्र प्रवेश गरी तीन जना भारतीय यूवाले सुनवारको हत्या गरेका थिए । इटहरीबाट जोगबनीको टिकुलिया बस्तीमा लागूऔषध सेवन गर्न सुनवार जाने गरेका थिए ।

हत्यामा संलग्न एक जनालाई पक्राउ गरे पनि अन्य दुई जना अझै फरार रहेको मोरङ प्रहरीले जनाएको छ । फरार भएका दुई जना समेत भारतीय मुलको भएकोले पक्राउ गर्न कठिनाय हुने प्रवक्ता डिएसपी श्रेष्ठले बताए ।

भारतीय प्रहरीसँग समन्वय गरे सुनवारको हत्यामा संलग्न अन्यलाई समेत पक्राउ गर्ने मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका रायलाई सोमबार जिल्ला अदालत मोरङमा कर्तब्य ज्यान मुद्दमा म्यात थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर