CLASSICTECH NET

प्रदेश १ मा वातावरणीय चुनौति

खबर पूर्वाञ्चल, ३० पुष २०७५, सोमबार २०:४९

विराटनगर । स्वच्छ वातावरणमा जीउने नागरिकको अधिकारलाई प्रदेश १ ले पूर्णतया रक्षा गर्ने उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियतले बताएका छन् ।

आज विराटनगरमा सम्पन्न भएको सरकारद्वरा संचालित स्वच्छ वातावरण महाअभियानअन्तर्गतको आयोजित प्रदेशस्तरीय कार्यक्रममा मन्त्री कुशियतले बताएका हुन् ।

नेपाल सरकार र त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागको संयुक्त पहलमा यो महाअभियान गत वर्षको वातावरण दिवसदेखि सुरु भएको थियो । महाभअभियानको विराटनगरको कार्यक्रममा प्रदेश सरकारका सचिव वद्रीराज ढुंगानाले प्लाष्टिकजन्य फोहोरलाई व्यवस्थापन गर्न नसक्दा ठूलो वातावरणीय क्षति भइरहेको बताए । जीवनशैलीको परिवर्तनसँगै वातावरण विनाश पनि बढेको उनले बताए ।

कार्यपत्र प्रस्तुत गर्दै अभियान्ता प्राडा मदन कोइरालाले प्रदेश सरकारलाई स्वच्छ वातावरण निर्माण गर्न मार्ग प्रदर्शन गरे । सोही कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वातावरण पत्रकार तथा उपप्राध्यापक रामचन्द्र अधिकारीले प्रदेश १ मा प्रसस्तै वातावरणीय चुनौतिहरु रहेको र तिनीहरुको उचित समाधान गरे मात्र स्वच्छ वातावरणमा जीउन सकिने बताए । विषादी, अजैविक मल,ठूला विकासे परियोजना र अव्यस्थित सडक तथा बस्ती, प्रदूषण, हिमताल विष्फोटन, हिमनदी, माटोको विनाश आदिले वातावरणमा क्षय गराउने भएकाले यस बारे सबैले ध्यान दिनुपर्ने उनले बताए ।

प्रदेश राजधानी विराटनगरको वायु विश्व स्वास्थ्य संघले तोकेको मापदण्डभन्दा छ गुणा प्रदूषित भएको, भूमिगत पानी हराउँदै गएको, दुई प्रतिशतमात्र ग्रामीण सडक पक्की भएको,वर्सेनी कोशी नदीले बाढीले चार करोड मेटिक टन माटो बगाएर लैजाने गरेको वातावरणीय चुनौतिहरु उनले प्रस्तुत गरे ।
कार्यक्रममा प्राडा दामोदर थापाले सँस्कारको विकास नभई वातावरणको सुरक्षा नहुने बताए । प्राडा शशिनाथ झाले बाहिरी मात्र होइन शरीरभित्रको वा मन र मस्तिष्क सफा राखेपछि सबैले स्वच्छ वातावरण पाउँछन् भने ।

कार्यक्रममा उपप्राध्यापक डा मनकुमार धमला, पूर्वाञ्चल विश्वविद्यालयका सहायक डिन, वातावरणका सहायक प्राध्यापक मदन थापा, वतावरण मन्त्रालयकका अधिकृतहरु विष्णु पाण्डे र देवेन्द्र भण्डारीले कार्यपत्रसहित धारणा व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५