AArya
RUMPUM
animated ellipse animated ellipse

सशस्त्र प्रहरीले समायो तस्करीको सामान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ आश्विन २०७७, बिहीबार १६:३८
3
Shares
विराटनगर / भारतदेखि चोरी तस्करी गरि ल्याएको अवैध लत्ताकपडाको समाग्रीहरूसहित तस्करीमा प्रयोग भएको अटो सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

तस्करी गरि ल्याएको लत्ताकपडाको सामाग्रिहरू विराटनगर १८ आइपि जाने बाटोबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको नेतृत्वमा खटिएको टोलीले बिहीबार विहान बरामद गरेको हो ।

तस्करी गरि ल्याएको लत्ता कपडा र खाद्य सामाग्री बोकेको अटो पनि प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीले टप्स सेट ४४ पिस, कुर्ता सुरुवाल १२, सर्ट १४, बच्चाको जामा २३, पेन्ट १२, बेवी सेट १४ र टप्स ७३ पिस बरामद गरेको हो । प्रहरीले बरामद गरेको सामाग्रीहरू ४ लाख ४३ हजार ७ सय मूल्य बराबरको रहेको छ । बरामद गरिएको अटो र लत्ताकपडाहरू विराटनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर