CLASSICTECH NET

इतिहास बोकेको काँग्रेसले नै मुलुकको भविष्य कोर्छः–नेका नेता जोशी

खबर पूर्वाञ्चल, ३० पुष २०७५, सोमबार १९:०४

विराटनगर / पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले इतिहास बोकेको काँग्रेसले नै मुलुकको भविष्य कोर्ने बताएका छन् । नविनतम सोचका साथ काँग्रेस जनतामाझ आउने पनि बताए ।

नेपाल प्रेस युनियन मोरङले आज साँझ विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता जोशीले भने,‘इतिहास बोकेकै पार्टीले सुनिश्चित भविष्य निर्माण गर्ने हो । अब नयाँ संघीय संरचनामा काँग्रेसले आफूभित्रका कमजोरीलाई सच्याएर नविनत ढंगले अघि बढ्नु पर्छ ।’ उनले समयमै पार्टीको महाधिवेशन गरेर नयाँ संरचनामा जान ढिला गर्न नहुने बताए । महासमिति बैठकबाट पारित भएका र विधानले तय गरेको बाटोलाई अक्षरस पालना गर्दै काँग्रेसले अबको यात्रामा अघि बढ्नु पर्ने जोशीको जोड थियो ।

अहिले दुई तिहाईको सरकार भएपनि जनताले भने महशुस गर्न नपाएको जोशीको टिप्पणी थियो । भने,‘भ्रष्टचार नभएको क्षेत्र छैन् । जताजतै विकृति छ ।’ उनले काँग्रेस आफूँ लोकतान्त्रिक भएकै कारण अरु पार्टीहरुले पनि लोकतान्त्रिक हुने अवसर प्राप्त गरेको चर्चा गरे ।

निर्मला पन्त बलात्कार र हत्या घटनाबारे सरकारले कुनै पनि तथ्य बाहिर ल्याउन नसक्नु लाजमर्दो भएको टिप्पणी गर्दै जोशीले सरकारका गतिविधि जनताको हित विपरीत देखिएको आरोप लगाए । भने,‘प्रधानमन्त्री नै आर्थिक सूचकका गलत तथ्यांक सम्प्रेषण गर्नमा व्यस्त हुनुहुन्छ । यो संस्थागत रुपमा आफू ठिक छु भनेर भ्रम छर्नका लागि मात्रै हो ।’ वाइडबडीमा आफ्नो पार्टीका जोकोही परेपनि कार्वाही हुनुपर्ने तर पूर्वाग्रही ढंगले आए आफूहरुलाई त्यो मान्य नहुने जोशीको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५