वडा अध्यक्षको स्कुटीको ठक्करबाट एक घाइते

खबर पूर्वाञ्चल, ३० पुष २०७५, सोमबार १७:४०

पथरी / पथरीशनिश्चरे १० रिगुवामा स्कुटरको ठक्करबाट आज एक जना घाइते भएका छ्न ।

को १ब १६५८ नम्बरको सरकारी स्कुटीको ठक्करबाट सोही स्थानका धनबहादुर कार्की घाइते भएका हुन । दिउँसो भएको घटनामा ठक्करबाट घाइते कार्कीको पथरी अस्पतालमा उपचार भइरहेको छ ।

स्कुटर पथरीशनिश्चरे १० का वडा अध्यक्ष सागर राइले नगर पालिकाबाट सुविधा स्वरुप लिएको हो ।सोबारे राईसँग बुझ्दा वडाकै एक जना सेवाग्राहिले डकुमेण्ट लिनका लागि मागेको र उनलाइ स्कुटर दिँदा उनले ठक्कर दिएको बताए । ठक्कर दिने ब्याक्ति फरार रहेका प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५