animated ellipse animated ellipse

शिक्षामा प्रविधिको प्रयोग अपरिहार्य छ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ पुष २०७५, शनिबार १४:५७
27
Shares
विराटनगर स्थित ब्राइट एन्जल्स सेकेण्डसी स्कूलका सस्थापक प्रिन्सिपल इश्वर राउतसँग शिक्षासँग सम्बन्धित समसायिक विषयसँग केन्द्रीत रहेर गरिएको संक्षिप्त कुराकानी :

अहिले केमा ब्यस्त हुनु हुन्छ ?
अहिले बिद्यालयमा बार्षिक खेलकुद प्रतियोगिर्ता स्पोर्ट मिट’ संञ्चालन भईरहेकोछ । त्यसको ब्यवस्थापनमा व्यस्त छु । साथै बिद्यालयको त्रैमासिक परिक्षा पनि नजिकिदै छ । परिक्षा सञ्चालनको तयारीमा समेत व्यस्त छु । नयाँ शैक्षिक सत्र पनि नजिक आईरहेकोले नयाँ कार्य योजना बनाई रहेको छु ।

तपाई शिक्षा क्षेत्रमा कहिले देखि आवद्ध हुनु हुन्छ ?
मेरो परिवार र शिक्षकबाट म शिक्षा क्षेत्रमा लाग्न प्रेणित भए र २०६९ सालदेखि शिक्षा क्षेत्रमा आवद्ध छु । साथै शिक्षा क्षेत्रमा आमुल परिवर्तनको लागि यूवा बर्गहरुको आवश्यता छ भन्ने कुरा ठाने र शिक्षाको माध्यमवाट समाज र राष्ट्रलाई सेवा गर्ने आफ्नो रुची समेत भएकोले यस क्षेत्रमा आवद्घ भएको हो ।

प्याब्सनमा चै कहिले देखि आवद्ध हुनु भयो ?
हाम्रो विद्यालय स्थापना कालदेखि नै प्याब्सनमा आवद्ध छ । म चै व्यक्तिगत रुपमा यस विद्यालयको प्रतिनिधित्व गदै २०७१ सालदेखि प्याब्सनमा आवद्घ भएको हो ।

शिक्षा पेशाबाट कत्तिको सन्तुष्ट हुनु हुन्छ ?
वर्तमान अवस्थामा शिक्षा क्षेत्र चुनौतिपूर्ण भए पनि यो मेरो रुचीको क्षेत्र भएकोले म यसमा धेरै नै सन्तुष्ट छु । साथै मैले पढाएको विद्यार्थीको उन्नती प्रगतिले पनि मलाई यो पेशाले सन्तुष्ट बनाएको छ ।

तपाईको बिचारमा प्याब्सन के हो ?
प्याब्सन, निजी तथा आवासीय विद्यालयहरुको छाता अर्गनाईजेशन हो । यो अर्गनाईजेशन निजी तथा आवासीय विद्यालयहरुको हकहितको लागि काम गर्ने गैर राजनैतिक, पेशागत अर्गनाईजेशन हो । सायद प्याब्सन जस्तो अर्गनाईजेशन नभएको भए निजी विद्यालयहरुको अस्थित्व अहिलेको अवस्थामा हुने थिएन होला । निजी विद्यालयहरुको विरुद्धमा सरकारले समय समयमा ल्याउने ऐन, नीति नियाको विरुद्धमा लड्ने एकमात्र संगठन प्याब्सन हो ।

तपाईको जस्तो विद्यालयहरुले प्याब्सनसँग के अपेक्षा राखेको हुन्छ ?
प्याब्सनसँग हाम्रो जस्तो विद्यालयहरुले हरेक कोणबाट सहयोगको अपेक्षा राखेको हुन्छ तर विडम्बना विशेष गरी साना विद्यालयहरु प्याब्सनको आखाँबाट निकै टाढा भएको महसुस गरेकोछु । भन्नाको मतलव प्याब्सनले हाम्रो भवन बनाइ दियोस, आर्थिक सहयोग गर्योस भन्ने होइन । विद्यालयमा अन्य समस्याहरु र नीतिगत सवालहरुमा सहयोग गर्योस । वर्तमान नेतृत्व अर्थात प्याब्सन नगर र जिल्लाबाट यही सहयोगको अपेक्षा राखेको छु ।

तपाइको विद्यालयले कस्तो किसिमको शिक्षा दिइरहेको छ ?
हाम्रोे विद्यालयले नेपाल सरकारले निर्दिष्ट गरेको पाठ्यक्रम अनुसार व्यवहारीक, प्रयोगात्मक र बालमैत्री शिक्षामा जोड दिएको छ । अहिलेको आवश्यकता सीपमूलक शिक्षाको हो यसमा हामीले जोड दिएका छौ । शिक्षामा प्रविधिको प्रयोग अपरिहार्य छ । ब्राइट एन्जल्स स्कूलले यसको महत्व बुझेको छ र यसको अधिकतम प्रयोग गर्दै आएकोछ । खेलकुद, गित, संगित साथै विद्यार्थीको शारिरीक, मानसिक र बौद्धिक विकास गर्ने अन्य क्रियाकलावहरुलाई समेत ब्राइट एन्जल्स स्कूलले शिक्षाको अभिन्न अंगको रुपमा लिएको छ ।

तपाइकको बिचारमा अवको शिक्षा कस्तो हुनु पर्दछ ?
विद्यार्थीहरुको रुचीमा ध्यान दिदै शिक्षामा प्रविधिको समायोजनमा प्रयोगात्मक, व्यवहारीक र आत्मनिर्भर सीपमूलक शिक्षा हुनु पर्दछ । सरकारले बनाउने पाठ्यक्रम राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको जनशक्ती उत्पादन गर्ने हुनु पर्दछ । शिक्षा समय सापेक्ष आधुनिक हुनु पर्दछ ।

अन्त्यमा के भन्न चाहानु हुन्छ ?
प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुलाई ‘मन परे काखा र नपरे पाखा’ नगरी सवै सदस्य विद्यालयहरुलाई समान नजरले हेर्योस र सदस्य विद्यालयहरुको हकहितको लागि अगाडि बढ्छ भन्ने आशा राखेको छु । पस्तुती : अर्जुन श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर