RUMPUM
animated ellipse animated ellipse

राष्ट्रको नाम राख्ने खेलाडीलाई सरकारले प्रोत्साहन गर्ने– मन्त्री पण्डित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०७५, शुक्रबार १९:३८
3
Shares

विराटनगर / राष्ट्रको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा राख्ने खेलाडीहरुलाई सरकारले प्रोत्साहन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले वताएका छन् ।

आजदेखि मोरङको वुढीगंगा गाँउपालिका वाँसवारीमा शुरु भएको अन्तर्राष्ट्रिय महिला कवड्डीको प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री पण्डितले सो कुरा वताएका हुन् ।

मन्त्री पण्डितले खेलकूद परिषद अन्तर्गत कार्यालयका प्रशासनीक तहमा कर्मचारीलाई उचित स्थानमा पदस्थापन गरी खेल खेलेर राष्ट्रका लागि योगदान दिने खेलाडीहरुको मनोवल उठाउन वर्तमान सरकारले आगामी दिनमा राष्ट्रको नाम राख्ने खेलाडीलाई प्रोत्सान गर्ने जानकारी दिए । उनले तीन तहकै सरकारको सहयोगमा प्रदेशको खेलकूद क्षेत्रको विकास गरी दक्ष खेलाडी उत्पादन गर्न खेलकूद क्षेत्रका पूर्वाधारको निर्माण कार्य चाँडै नै शुरु गरिने बताए । वुढीगंगा खेलाडीहरुको उर्वरभूमि भएकोले आगामी दिन थप खेलकूद कार्यक्रम गर्न मन्त्री पण्डितले बताए ।

राष्ट्रको पहिचान , नेपालीको सान र मान अन्तर्राष्ट्रिय क्षेत्रमा जोगाउने खेलाडीहरुको मनोवल उठाउनु आवश्यक भएको वताउदै संघीय सांसद डा. डिला संग्रौलाले यस गाउँपालिकाको सुविधा सम्पन्न कभर्ड हल निर्माणका लागि संघीय सरकारमा पहल गर्ने बताइन् ।

मोरङ कवड्डी संघका अध्यक्ष भुवनेश्वर मण्डलको सभापतित्वमा भएको उद्घाटन समारोहमा प्रदेशका सांसद चुमनारायण तवदार, वुढीगंगा गाँपालिकाका अध्यक्ष बालचन्द्र माझी र कवड्डी संघका केन्द्रीय कोषाध्यक्ष अरविन्दकुमार झाले खेलकूदको माध्यमवाट उत्कृष्ट प्रदेश वनाउनु खेलाडीहरुलाई सेवा सुविधा थप गरी गुणस्तरीय खेलकूदको पूर्वाधार निर्माण गर्नु पर्नेमा जोड दिए ।

प्रदेश नं १ मा पहिला पटक आयोजना भएको प्रतियोगिता पुष २९ गतेसम्म सञ्चालन हुने छ भने नेपाल, भारत, वङ्गलादेश, श्रीलङका गरी पाँच टीमको सहभागिता रहेको छ । लिग कप नकआउटको आधारमा खेल आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपाल आर्मी ले भारतलाई ३३–१९ले पराजित गरेको छ भने बङ्गलादेशले नेपाल(आयोजक) लाई ४२–११ ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर