पूर्वाञ्चल खबर
विराटनगर / ब्याट्री पड्केर मृत्यु भएका मण्डल परिवारलाई प्रदेश सरकारले एकलाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ भने घाइते भएकी राधिका मण्डलको उपचार निःशुल्क गर्ने भएको छ ।
मृतक मण्डलका परिवारलाई कोशी अञ्चल अस्पताल विराटनगरमा पुगेर प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले तत्काल २५ हजार नगद हस्तान्तरण गरे । मन्त्री कार्कीले मृतक परिवारलाई एक लाख रुपैयाँ दिइने र घाइते ६ वर्षीया राधिका मण्डलको उपचार गरिदिने बताए ।
आज दिउँसो १ बजे विराटनगर–१५ रामजानकी टोल स्थित मोबाइलको ब्याट्री पड्किँदा स्थानिय सुवास मण्डलका ७ वर्षीय अमित मण्डल आगो ताप्ने क्रममा मोवाइलको ब्याट्री विष्फोट हुँदा मृत्यु भएको थियो । अमितको उपचारकै क्रममा कोशी अञ्चल अस्पताल विराटनगर मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
विस्फोटमा परी सोही ठाउँका राजेश मण्डलको ६ वर्षीया छोरी राधिका मण्डल घाइते भएकी छन् । उनको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । राधिकाको दुवै आँखाको पहिलो पत्र जलेको अस्पतालले जनाएको छ । आँखाको थप उपचारको लागि विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।