पूर्वाञ्चल खबर
विराटनगर / भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ ले प्रदेशभरी ३२ वटा कार्यालय स्थापना गरि काम अगाडी वढाएको छ । प्रदेशका १४ वटा जिल्लामा ३२ कार्यालयसंगै ९ वटा सम्पर्क कार्यालय समेत स्थापना गरेको छ ।
चालु आर्थिक वर्षको दोश्रो चौमासिकसंगै मन्त्रालयले आफ्ना कार्यक्रमहरु गतिशिल ढंगले अगाडी वढाएको मन्त्रालयका सचिव हस्तवहादुर विष्टले बताए । चालु आर्थिक वर्षमा मन्त्रालयको करिव ३ अर्व ७४ करोड वजेट रहेको छ ।
वर्षको शुरुमा कार्यालय व्यास्थापनमा लागेको मन्त्रालयले कार्यालय व्यवस्थापनसंगै कामलाई अगाडी वढाएको हो । ५ सय ६३ दरबन्दी मध्ये ३सय ५६ कर्मचारी मन्त्रालय अन्र्तगतका कार्यालयमा हाजीर भएका छन् । समायोजन संगै सबै कर्मचारी मन्त्रालयमा आइपुग्ने र अब बजेट खर्च गर्न गाह्रो नहुने विष्टले जानकारी दिए ।