AArya
RUMPUM
animated ellipse animated ellipse

गुणस्तर हेरेर मात्रै स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणलाई अपिल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ भाद्र २०७७, बुधबार २०:०४
351
Shares
विराटनगर / औषधि व्यवस्था विभागले गुणस्तर हेरेर मात्रै स्यानिटाइजर खरिद गरी प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

बजारमा मापदण्ड वितरितका मिथानोलजस्ता घातक विषाक्त पदार्थ मिसाइएका स्यानिटाइजरसमेत रहेकाले गुणस्तर हेरेर प्रयोग गर्न अपिल गरेको हो । अनुगमनका क्रममा ज्यान नै लिन सक्ने घातक मिथानोल राखेर स्यानिटाइजर बिक्री वितरण भएको पाइएकाले उत्पादन कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भएको यकिन गरेर मात्रै प्रयोग गर्न विभागका महानिर्देशक नारायण ढकालले अपिल गरे । उत्पादन ठेगाना स्पष्ट नभएको, विभागमा दर्ता नभएको लगायतका स्यानिटाइजर प्रयोग नगर्न र विक्रि वितरण भएको पाइए विभागमा जानकारी गराउन पनि उनले आग्रह गरे । विभागमा दर्ता भए/नभएको पत्ता लगाउन फोन गरेर पनि बुझ्न सकिने ढकालले बताए ।

कोरोना महामारीको जोखिम बढेसँगै बजारमा स्यानिटाइजरको माग बढेको छ । विभागले मिथानोलस्ता विषाक्त पदार्थ प्रयोग भएका र कम गुणस्तरका स्यानिटाइजर बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । गतहप्ता ५ र हिजो मात्रै थप ४ वटा कम्पनीका सरोकारवालाका नाममा उत्पादन र विक्रि वितरण नगर्न सूचना जारी गरिएको महानिर्देशक ढकालले बताए । मिथानोलस्ता विषाक्त पदार्थ प्रयोग गरी उत्पादन गरेको र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उत्पादन नभएको स्यानिटाइजरमाथि प्रतिवन्ध लगाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर