AArya
RUMPUM
animated ellipse animated ellipse

निर्यात प्रक्रिया र बजार विश्लेषण’ तालीम विराटनगरमा शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ पुष २०७५, सोमबार २०:२८
3
Shares

विराटनगर / ललितपुर र मोरंग व्यापार संघको संयुक्त आयोजनामा निकासीकर्ताहरुका लागि अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्ने एवम् निर्यातका प्रक्रियाहरु सम्बन्धी जानकारी गराउने उद्देश्यले आज देखि विराटनगर निर्यात प्रक्रिया र बजार विश्लेषण’ तालीम शुरु भएको छ ।

व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, ललितपुरका उप–निर्देशक राजेन्द्र सिंह र उप–निर्देशक सिद्धिचरण दाहालले तालीमको सहजिकरण गरेका छन् । चार दिनसम्म सञ्चालन हुने तालीममा मोरंग–सुनसरी कोरिडोरका विभिन्न निर्यातमूलक उद्योगहरुका निर्यात प्रतिनिधिहरु तालिममा सहभागी रहेका छन् ।

कार्यक्रममा मोरंग व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, महासचिव नविन रिजाल, सचिव अनिलकुमार साह, का.का.सदस्यहरु अनिल सारडा, दिपेश सुवेदी, राजेशकुमार अग्रवाल, उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरे, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, विराटनगरका क्षेत्रीय प्रमुख कृष्ण रेग्मी, विभिन्न उद्योग प्रतिष्ठानका निर्देशक ालगायत सहभागिता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर