तनस्का फेसन शो रनवेमा कलाकार दिपाश्री र सविता आउने

खबर पूर्वाञ्चल, १९ श्रावण २०८०, शुक्रबार १७:१७
306
Shares
विराटनगर / विराटनगरमा शनिवार आयोजना गर्न लागिएको ‘तनस्का फेसन शो रनवे’ मा बरिष्ठ हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला र चर्चित मोडेल सविता कार्की आउँने भएका छन् ।

विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले आयोजना गरेको फेसन शो रनवेमा प्रमुख कलाकारका रुपमा निरौला र शोस्टपरका रुपमा कार्की आउँन लागेकी हुन् ।

फेसन शो मा तनस्का फेसन स्टुडियोका १२ जना डिजाइनरले तयार गरेका पहिरनको प्रदर्शनी हुनेछ । कलाकार निरौला र कार्की दुवै जना तनस्काको ड्रेस लगाएर ¥याम्पमा उत्रने तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले जानकारी दिइन् । कलाकार निरौला र कार्कीसँगै २ पुरुष र १६ जना महिला गरी १८ जना मोडेलहरू ¥याम्पमा उत्रने छन् । ¥याम्पमा पुरुषतर्फ कलाकार दिवस धिताल र रमननाथ गिरी देखिनेछन् ।

प्रसिद्ध कार्यक्रम प्रस्तोता रिता कटेलले सञ्चालन गर्ने फेसन शो रनवे कार्यक्रममा गायिका सत्यकला राई र ¥यापर शैलेश निरौलाले पनि सांगीतिक प्रस्तुती दिनेछन् । विराटनगर–३ गोग्राहा चोकस्थित कञ्चनजंघा व्याङ्केटमा साँझ ६ बजेबाट कार्यक्रम सुरु हुनेछ । विराटनगर महानगरपालिकाकी उपप्रमुख सिल्पा निराला कार्कीले कार्यक्रम उद्घाटन गर्ने फेसन शो का प्रचारप्रसार समिति संयोजक रविन कटेलले जानकारी दिए ।

भारतको कोलकतास्थित नेसनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी कलेजबाट फेसन डिजाइनमा स्नातकोत्तर गरेकी बनिसाले २०७७ सालबाट फेसन स्टुडियो सञ्चालन गरेकी हुन् । यो स्टुडियो, फेसन डिजाइन पढेका डिजाइनरले नै सञ्चालन गरेको कोशी प्रदेशको पहिलो फेसन स्टुडियो पनि हो ।

सामान्य सर्वसाधारणदेखि स्थापित भइसकेका राष्ट्रिय कलाकारहरूले पनि तनस्का फेसन स्टुडियोमा तयार भएका ड्रेस लगाउँने गरेका छन् । सीटीईभीटीबाट मान्यता प्राप्त सो कलेजले फेसन डिजाइनको डिप्लोमा लेबलको कोर्ष अध्ययन गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५