पूर्वाञ्चल खबर
सुनसरी / विभागिय टिम नेपाल पुलिस र आर्मी इटहरीमा जारी दोस्रो सभामुख कप राष्टिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । <br>
आज भएको पहिलो सेमिफाइनल खेलमा विजयी भएको नेपाल पुलिस क्लबसँगको उपाधी भिडन्त पक्का गर्न आर्मीले गण्डकी प्रदेशमाथी सहज जित निकाल्न सफल भयो ।
पहिलो सेमिफाइनल खेलमा पुलिसले एपीएफलाइ ३–१ को सेटले पाखा लगायो । पुलिसले सुरुका दुई सेट एपीएफ बिरुद्ध २५–१६ र २५–२१ को सहज जित निकाल्दा तेस्रो सेटको खेलमा अग्रता जोगाउन सकेन । तेस्रो सेट एपीएफले २५–१७ ले आफ्नो पक्षमा पार्यो । अधिकांश दर्शकको साथ पाएको पुलिसले चौथो सेटको खेलमा उत्कृष्ट पुनरागमन जमाउँदै २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो । अघिल्ला खेलहरुमा उत्कृष्ट खेलेको एपीएफका खेलाडीहरु पुलिस बिरुद्ध हावी हुन नसक्दा फाइनलमा स्थान बनाउन सकेन ।
आजै नै सम्पन्न अन्तिम सेमिफाइनल खेलमा आर्मीले र गण्डकी प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै पुलिससँगको उपाधी भिडन्त पक्का गरेको छ । अधिकांश राष्ट्रिय खेलाडीहरु सहभागी गराएको आर्मीले गण्डकी प्रदेश बिरुद्ध २५–२०, २५–११, २५–२० को सहज जित निकाल्न सफल भयो । पुलिस र आर्मी बिचको उपाधी भिडन्त सोमबार दिउँसो हुने आयोजक सुनसरी जिल्ला खेलकुद विकास समितीका अध्यक्ष अनुरोध थापाले जानकारी दिए । त्यसअघि बिहान तेस्रो स्थानको लागी एपीएफ र गण्डकी प्रदेश बिच प्रतिष्पर्धा गराइने थापाले जानकारी दिए ।