खबर पूर्वाञ्चल
समितिका अध्यक्ष मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आगलागी पीडित तीन परिवारलाई मध्ये दुई परिवारलाई हिजो साँझमा नगद २०–२० हजार र एक परिवारलाई १५ हजार, त्रिपाल, म्याट र कम्बल वितरण गरे ।
यसैगरी धनपाल गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदार र उपप्रमुख नसिमा वानोले चामल ५० केजी, दाल, तेल नुन, मसला, सावुन लगायतका अन्य खाद्यान्न वितरण गरे । यस्तै नेपाल रेडक्रस सोसाइटी मोरङका अध्यक्ष सुबोधकुमार सिंहले त्रिपाल, कम्बल, खाना पकाउने भाँडाको सेट, लगाउन लत्ताकपडा लगायतका सामागी वितरण गरे ।
मोरङ दक्षिण क्षेत्रमा रहेको उक्त पालिकाका कैलास, गणेश र भजनलाल मण्डल तीन घरहरु सोमबार राति विद्युत चुहावट आगलागी हुँदा दुई वाख्रा र एक बाझा सहित तीन चौपायाको आगाले जलेर मृत्यु हुनकासाथै रु १४ लाख क्षति भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया