RUMPUM
animated ellipse animated ellipse

वाइडबडी विमान खरिद गर्दा भष्टाचार भएको भन्दै कांग्रेसले यसमा संलग्न कसैलाई नछाड्ने–देउवा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ पुष २०७५, शनिबार २१:२३
3
Shares

विराटनगर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वाइडबडी विमान खरिद प्रकरणमा घोटला भएको आशंका भएकाले कसैलाई देशको पैसा लुट्न नदिने बताएका छन् ।

नेपाल राष्ट्रिय मगर संघले मोरङले लेटाङमा आज आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले वाइडबडी विमान खरिद प्रकरणमा भष्टाचार गर्ने जो सुकै भए पनि कांग्रेसले नछाड्ने दाबी गरे । उनले वाइडबडी विमान खरिद गर्दा भष्टाचार भएको भन्दै कांग्रेसले यो प्रकरणमा संलग्न कसैलाई नछाड्ने चेतावनी दिए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले वर्तमान सरकारले जथाभावी कर लगाएर जनतालाई आतंकित बनाएको आरोप समेत लगाए । उनले अवैज्ञानिक र अव्यवहारिक कर लगाएका कारण जनता वर्तमान व्यवस्थाप्रति नै निराश हुने अवस्थामा पुगेको टिप्पणी समेत गरे ।

सरकारले कर थुपार्ने काम मात्र गरेकाले सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको नाम आफूले करप्रसाद ओली राखेको सभापति देउवाले बताउए ।

सरकारले कर थुपारेको कारण उद्योग व्यवासाय धरासायी भएको भन्दै यस्तो अवस्थामा कसरी आर्थिक समृद्धी हुन्छ भनी सरकारलाई प्रतिप्रश्न गर्दै सभापति देउवाले ओली सरकारले शान्ति सुरक्षा समेत जनतालाई दिन नसकेको बताए । उनले बलत्कारपछि हत्या गरिएकी कंचनपुरकी निर्मला पंन्तको हत्यारा जोगाउने काम स्वंय सरकाबाट भएको आरोप समेत लगाए । सभापति देउवाले निर्मला पन्त्तको हत्यारालाई सरकारले बचाउन खोजेमा काग्रेसले देश व्यापीरुपमा आन्दोलन गरेर भएपनि अपराधीलाई कार्वाही गराएर छाडने जानकारी दिए ।

कार्यक्रममा सहमहामन्त्री प्रकाश शरण महत, केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, अमृत अर्याल, डा.डिला संग्रौला, प्रवक्ता विश्वप्रकाश शर्मा, सांसद सीताराम मेहेतालगायतले दुई तिहाइको दम्भमा अहिलेको सरकारले जनताको आशामा तुषारापात गरेको बताएका थिए ।

दुुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश न १ को १४ जिल्लाका २ सय ५० जना प्रतिनिधिको सहभागित रहेको मगर संघका प्रदेश संयोजक जितनाराण थापा मगरले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर