animated ellipse animated ellipse

प्याब्सनलाई विशुद्व शैक्षिक र पेशागत संस्थाको रुपमा अगाडी बढाउनुपर्दछ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ पुष २०७५, मंगलवार ०९:४६
225
Shares
विराटनगर–१२ स्थित बिनायक बोर्डिङ सेकेण्डरी स्कूलका संस्थापक निर्देशक कमलेश ठाकुर सँग शिक्षासँग सम्बन्धित समसायिक विषयसँग केन्द्रीत रहेर गरिएको संक्षिप्त कुराकानी :

अहिले के मा व्यस्त हुनुनहुन्छ ?
– अहिले म स्कूलकै काममा व्यस्त छु । तेस्रो त्रैमार्सिक परीक्षा नजिक आइरहेका कारणले त्यसको तयारीमा लागि रहेको छु । बाँकी रहेको समयमा म पेशाले ‘लेभल टु’ क्रिकेट अम्पायर पनि भएकोले समय समयमा विभिन्न प्रतियोगिताहरुमा पनि निर्णायकको भूमिका निर्वाह गर्दै आएको छु । समग्रमा मेरो तालिका वर्षैभरि नै व्यस्त हुन्छ ।

तपाई प्याबसनमा कहिले आवद्व हुनु भयो ?
२०५१ सालमा बिनायक बोर्डिङ्ग सेकेण्डरी स्कूलको स्थापना भयो । सोही सालदेखि नै म प्याब्सन आवद्व भएको छु । अहिले पनि निरन्तर रुपमा लागि पर्दै आएको छु ।

तपाईसँगैको साथीहरू प्याब्सनको माथिल्लो तहको नेतृत्व समालिसक्नुभयो । तपाइ चाही किन प्याब्सनको नेतृत्वमा पछि पर्नुभएको ?
म नितान्त आफ्नो पेशा प्रति इमान्दार छवि भएको व्यक्ति हुँ । म यसमै खुशी रहेको छु । शिक्षा क्षेत्रमा राजनीति हुनु हुँदैन भन्ने मेरो आफ्नो आधरण हो । त्यसैले मैले कहिलेपनि यो संस्थाको उपल्लो पदमा पुग्नु छ भनेर राजनीति नगरेको हो । तर संस्थाको हितको पक्षमा रहदै आएको छु र रहनेछु । यदि समयले माग ग¥यो भने यो संस्थाको हितको निम्ति म पनि नेतृत्वको लागि पहल गर्न तयार र सक्षम छु ।

४ औं जिल्ला अधिवेशनमा तपाईले सह–सचिवमा उम्मेदवारी दिनु भयो र पराजित पनि हुनु भयो । तपाईको उम्मेदवारी किन थियो ?
धन्यवाद, यो प्रश्न राख्नु भएकोमा । वास्तवमा मलाई यो प्रश्नको जवाफ दिन या भनौ १४औं जिल्ला अधिवेशनको बारेमा बोल्न मन थियो । चुनाव भनेको एउटा प्रजातान्त्रिक अभ्यास हो । स्वभाविक हो यसमा जितहार हुन्छ । हामीले चाहेको थियौ कि सर्वसम्मत पदाधिकारीको चयन होस् । तर त्यो भएन । चुनाव भयो । आफूले राजनीति त्यति बुझिएन जस्तो लाग्यो । जे होस जीवनको पहिलो चुनाव थियो । तितो मिठो अनुभव भयो । धेरै नयाँ कुरा सिक्ने मौका पाइयो । वास्तवमा मेरो उमेदवारी चाहि सम्पूर्ण निजी विद्यालयहरुबीच एकता तथा एकरुपता हुनुपर्छ र हामी सम्पूर्ण निजी विद्यालयहरु मिलेर शिक्षाको स्तरउन्नतिको लागि अघि बढनुपर्छ र हामीले पदको लागि मात्र नभइ एउटा दबाव समूहको रुपमा अघि बढौ जो सरकारको अहिले आइरहेको विभिन्न शिक्षाको कुनीतिहरु छन् त्यसको विरुद्व सशक्त ढंगले लागौ भनेर थियो । आशा गर्दछु अहिलेको पदाधिकारी साथीहरुले मेरो यो एजेण्डा लिएर अघि बढनुहुनेछ ।

पहिलेको प्याबसन र अहिलेको प्याबसनमा के के भिन्नता पाउनु भएको छ ?
पहिले थोरै निजी विद्यालयहरु थिए । कम प्रतिस्पर्धा थियो । बढी सहमतिमै निर्णाय हुन्थ्यो । राजनीति त्यति हावी थिएन । अहिले धेरै निजी विद्यालयहरु छन् । अस्वस्थ प्रतिस्पर्धा बढी छ । राजनीति बढी हावी छ । यहाँ प्याबसनको छाता मुनि पनि राष्ट्रिय पार्र्टीहरुको झण्डा बोक्ने साथीहरुको बाहुल्यता देखे । मैले यसलाई विडम्बना भन्नु पर्दछ । राजनीतिमा शिक्षा हुनुपर्ने ठाउँमा शिक्षामा राजनीति बढको छ । पहिले प्याब्सनको कुनै महत्वपुर्ण निर्णयको जानकारी सबै सदस्य विद्यालयहरुलाई गराइन्थ्यो । तर आज यो स्थिति रहेन ।

तपाई आफनो विद्यालयको बारेमा केही भन्न चाहनुहुन्छ ?
यस दक्षिणी भेगका अभिभावकहरुको आर्थिक स्थितिलाई मध्यनजर राख्दै यस विद्यालयका निर्देशक सुधाकर ठाकुर (एम.एससी.सर) द्वारा न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले २०५० साल मंसिर १ गते यस विनायक बोर्डिङ सेकण्डरी स्कूलको स्थापना गरियो । हाल २५ वर्ष पूरा भईसक्दा पनि त्यहि उद्देश्य राखी स्कूल संचालन भईरहेको छ । साथै यस विद्यालयबाट एस.एल.सी.÷एस.ई.ई. उत्तीर्ण भएका विद्यार्थीहरु उच्च शिक्षा हासिल गरी देश विदेशमा उच्च पदमा रहेका छन् । अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुको सहभागिता र उनीहरुले प्राप्त गरेको सफलता उदाहरणाीय रहेको छ ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
भन्नु भन्दा पनि आशा गर्दछु । कि १४ औं जिल्ला अबिधेशनबाट निर्वाचित नयाँ मित्रहरुले सम्पूर्ण कुसंस्कार जुन अहिलेको प्याबसनमा हावी हुँदै छ । यसलाई अन्त्य गर्नुहुनेछ । प्याब्सन लाई एउटा विशुद्व शैक्षिक एवं सामाजिक क्रियाकलाप गर्ने पेशागत संस्थाको रुपमा अगाडी बढाउनु हुनेछ । वर्तमान अवस्थामा निजी विद्यालयहरूमा आएको चुनौतीलाई सामना गरेर अगाडि बढनुहुनेछ । उहाँहरूलाई हामी सधै साथ दिनेछौं । प्रस्तुती : अर्जुन श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर