RUMPUM
animated ellipse animated ellipse

आगालगीमा परी बालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ पुष २०७५, शुक्रबार १५:०५
3
Shares

उदयपुर/उदयपुरको कटारी नगरपालिका ८ मा भएको आगलागीमा परी एक बालकको मृत्यु भएको छ ।

कटारी नगरपालिका ८ सेतिटार खेतमा स्थानीय रामजी तामाङले आफैले बनाएको सानो गोठमा आफ्नै छोरालाई छाडी खेतमा काम गर्न गएकोमा बालकले बाबुले छाडेको लाईटर खेलाउने क्रममा अचानक आगलागी हुँदा ४ बर्षीय बालक सुमन तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोलीले कानूनी प्रकृया पश्चात मृतक शव पोष्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको कटारी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर