animated ellipse animated ellipse

मोरङको करैया बस्तीमा प्रहरी र स्थानियविच भडप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ श्रावण २०७७, शुक्रबार २०:५८
9
Shares
विराटनगर / मोरङको बूढीगंगा गाउँपालिका – १ ऋषिदेव सामुदायहरूको करैया बस्तीमा लागूऔषध नियन्त्रण गर्न भएको प्रहरी र स्थानियबिच झडपमा परि तीन जना प्रहरी घाइते भएका छन् ।

बिहीबार राती ९ बजे लागूऔषध नियन्त्रण गर्न गएको सादा पोसकका तीन जना प्रहरी स्थानिय ऋषिदेव सामुदायहरूको आक्रमणमा परि घाइते भएका हुन् ।

घाइते हुनेहरुमा प्रहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरी रहेका छन् । उनीहरू मध्ये प्रहरी जवान बस्नेतलाई बढी चोट लागेको छ । प्रहरी जवान बस्नेतको टाउँकोमा सातवटा टाँका लगाइएको छ । घाइतेको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । यता स्थानिय देवनारयण ऋषिदेव पनि घाइते भएका छन् । घाइते भएका देवनारयणको टाउँमा चोट छ ।

स्थानियले प्रहरी निरीक्षक मिलन थापाको नेत्रृत्वमा गएको टोलीमाथि आक्रमण गरेको हो । बुढीगंगा गाउँपालिका १ करैया बस्तीमा स्थानिय बलराम ऋषिदेवले अवैध रूपमा लागूऔषधको कारोबार गर्ने गरेको विशेष सूचना मोरङ प्रहरीमा गएको थियो । मोरङ प्रहरीबाट सादा पोशकमा खटिएको प्रहरी टोली उक्त स्थानमा बिहीबार राती पुगेको थियो । सादा पोशकका प्रहरी टोली बलरामको किरानाको पसल रहेको घरमा पुग्दा रातीको समय उनीहरू माथि आक्रमण भएको थियो ।

लागुऔषध कोरेक्स र गाँजा स्टोर गरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको सूचना पाएर नियन्त्रणमा लिन गएको टोलीमाथि लागूऔषध कारोबारी गर्ने बलरामले उक्साएर आक्रमण गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार प्रहरी पुग्न साथ लागूऔषको कारोबारीहरूले उकासिएर स्थानिय र लागूऔषधको कारोबार गर्नेले लाट्ठी, बासलगायतको धारिलो हतियार लिएर आक्रमणमा उत्रिएका थिए ।

लागूऔषको कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर पनि गरेको एसपी खड्काले बताए । ‘घटनामा संलग्नहरूलाई उम्किन नदिन र प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि टोलीले स्थितिलाई नियन्त्रणमा लिन पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरिएको हो,’ उनले भने । घटनापछि थप प्रहरी परिचालन गरेर प्रहरीले लागूऔषधको कारोबारीसहित घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । उनका अनुसार पक्राउ पर्नेमा बलराम ऋषिदेव, २८ वर्षीय देव ऋषिदेव, २१ वर्षीय वीरेन्द्र ऋषिदेव, २५ वर्षीय महादेव ऋषिदेव रहेका छन् । पक्राउ परेका नन्दनीकुमारी ऋषिदेव र एलिसा ऋषिदेवलाई प्रहरीले शुक्रबार दिउँसो छोडिदिएको छ । अन्य पाँच जनालाई प्रहरीले जिल्ला प्रशान कार्यालय मोरङमा म्याद थप गरि अनुसन्धान अगाडी बढाएको छ ।

पक्राउ पर्ने बलराम लागूऔषधको कारोबारी रहेको प्रहरीको भनाई छ । घरमा भण्डारन गरि अवैध लागूऔषधको कारोबार गर्ने गरेको बुझिएको छ । बलरामले घरमा अवैध लागूऔषध राखि विक्री वितरण गर्ने गरेको सूचना पाएपछि नियन्त्रण गर्न उसको घरमा पुगेको हो । बलरामको घर प्रहरीले खनतलासी गरेपनि लागूऔषध भने बरामद गर्न सकेन ।

प्रहरीले ज्यादती गरेको स्थानियको आरोप
बुढीगंगा गाउँपालिका १ करैयाबस्तीका ऋषिदेव सामुदायहरूले सुत्ने बेलामा प्रहरी आएर ज्यादती गरेको आरोप लगाएका छन् । स्थानिय विष्णु ऋषिदेवले रातीको समयमा प्रहरी आएर स्थानिय माथि ज्यादती गरेको आरोप लगाए । प्रहरी आएर गालीगलौज गर्ने, हेल्मेटले कुट्ने र ज्यान मार्ने धम्की दिएको स्थानीयको आरोप छ । स्थानियको अनुसार प्रहरीको कुटाइबाट देवनारयण र बलराम ऋषिदेव घाइते भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर