खबर पूर्वाञ्चल
तपाई धेरै संघसंस्था आवद्ध हुनुहुन्छ । कसरी समयको व्यवस्थान गर्दै आउनुभएको छ ?
हो म धेरै संघसंस्थाहरूमा छु । अहिले म मोरङ जिल्ला बुद्धिचाल संघको उपाध्यक्ष, नेपाल स्काउट मोरङको सदस्य, लायन्स क्लब अफ विराटनगर एकाडेमीको द्धितीय उपाध्यक्ष, इलाम मोरङ सम्पर्क मोरङको सचिवलगायत विभिन्न संघ संस्थामा आवद्ध छु । यी सबैमा आवद्ध हुँदा हुँदै पनि कार्यतालिका अनुसार साथै कार्यक्रमको प्राथामिकताको आधारमा समयको व्यवस्थापन गरेको छु । र पनि म विद्यालयमा पूर्ण रुपमा समय दिदै आएको छु । यसको अलवा हप्तामा एक दिन रेडियो पूर्वेली आवाजमा प्याब्सन आवाज कार्यक्रम र जनविद्रोह दैनिकमा समेत प्याब्सन प्रतिम्व स्तम्भ चालाउँदै आएको छु ।
प्याब्सनको नगरसमितिको नयाँ नेतृत्वको लागि निर्वाचन भयो । अन्य पदमा निर्वाचनबाट नयाँ पदाधिकारी चयन भए । तर, तपाई सर्वसम्मत हुनुभयो । के कारणले गर्दा यस्तो भयो ?
सायद मैले प्याब्सनलाई दिएको समयको मुल्यकान हुनपर्दछ । त्यस्तै सचिव पदको लागि दुवै समूहका साथीहरूले मलाई योग्य ठानेको हुनाले सर्वसम्मत बनाउनुभयो । म प्रति देखाउनुभएको मायाप्रति कृतज्ञ रहेको छु । उहाँहरूको विश्वासलाई कायम गर्ने प्रतिवद्ध छु ।
नगर हुँदै जिल्लासम्म आइपुग्दा प्याब्सन दुई खेमामा विभाजन भएको देखिएको छ । यसलाई एक ढिक्का बनाउन तपाईको तर्फबाट कस्तो भूमिका खेल्दै आउनुभएको छ ?
त्यो दुई ढिक्का निर्वाचनको समयमा मात्र थियो । सबै साथीहरूको नेतृत्वमा आउने चाहना हो । यसलाई मैले सकारात्मक रुपमा लिएको छु । तर, निर्वाचनपछि सबै कुराहरूलाई विर्सएर साथीहरू एक हुनुभएको छ । हामी विभिन्न उपसमितिहरूमा छुटेका साथीहरूलाई चयन गर्ने छौं । साथीहरूको नेतृत्व तथा प्याब्सनमा काम गर्ने चाहनलाई रोक्ने छैनौ । यसको लागि मैले पहल समेत गर्दै आएको छु ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षामा विद्यमान व्यापारीकरण रोक्न भविष्यमा सेवामुलक निजी विद्यालय मात्रै रोक्न मस्यौदा प्रतिवेदन तयार गरेको छ । शिक्षामा परिवर्तन ल्याउन यो मस्यौदा तयार पारेको हो । यस विषयमा तपाइको धारणा के छ ?
राज्य एक्लैले शिक्षाको अभिभारा धान्न नसकेर कानुनी रुपमा व्यवस्था गरे अनुसार सरकारलाई सहयोग गर्न हामीले निजी स्कूल खोलेका हौं । राज्यको ठूलो हिसा विद्यार्थीहरू निजी स्कूलमा पढछन् । प्रत्येक वर्षको प्रवेशीका परीक्षाको नतिजा हेर्ने हो भने निजी स्कूलकै उत्कृष्ट नतिजाले राज्यको शैक्षिक गुणस्तर धानिरहेको छ । अन्तराष्ट्रिय जगत र दातृ निकायमा राज्यको साखलाई निजी स्कूलले बचाएको कुरामा दुईमत छैन । आज पनि उच्च घरनाको हजारै बालवालिकाहरू अन्य देशका प्रतिष्ठित स्कूलमा अध्ययरत छन् । उच्च शिक्षाको नाममा ३० अर्ब भन्दा बढी रकम वैदोशिक शिक्षामा बाहिरिरहेको देखिन्छ । निजी विद्यालयको बलियो उपस्थीति र विश्व शिक्षाको प्रतिवद्धता हुँदा हुँदै पनि निजी स्कूललाई नै अंकुस लगाउन खोजिदैछ । शिक्षा र स्वास्थ्य जनताको पक्षमा हुनुपर्दछ हामी यसको विरोधी होइन् । तर, विश्वमै निजीकरणलाई प्रोत्साहन गरिरहेको अवस्थामा नेपालमा शिक्षा क्षेत्रमा लगानी गरेर योगदान पु¥याउने निजी स्कूलका संचालकहरूलाई तर्साएर कस्तो विदेश लागनी आर्षकित गर्न खोजेको हो ? ।
निजी विद्यालयहरूले लिने शुल्कमा एक रुपता छैन भन्दै अभिभावकहरू गुनासो गर्दछन् । किन यस विषयमा प्याब्सनले केही योजना बनाएको छैन ?
हो तपाइको प्रश्न आम अभिभावकको प्रश्न हो । सबै निजी विद्यालयहरूको शुल्कमा एकरुपता छैन । शुल्क निर्धारणको प्रक्रिया रहेको छ । विद्यालयले विद्यार्थीलाई दिने सुविधा र अन्य विभिन्न आधारमा वर्गिकरण गरिएको छ । त्यही वर्गिकरणको आधारमा शुल्कहरू निर्धारण हुने गर्दछ । विराटनगरमा साना देखि ठूलठूला स्कूलहरू पनि छन् । उनीहरूले दिने सुविधा तथा अन्य कुराहरू फरक फरक छन् । अनि कसरी शुल्कमा एकरुपता हुन्छ त ? ।
तपाईको प्रतिक्रिया