खबर पूर्वाञ्चल
कोरोना रोकथाम र नियन्त्रणमा वडा कार्यालयले के गर्दै आएको छ ?
कोरोना समुदायमा फैलन नदिनका लागि वडा कार्यालयले महानगरपालिकासँग सहकार्य र समन्वय गरि काम गर्दै आएका छ । स्थानीय सरकारले राहत वितरणदेखि क्वारेन्टिन बनाउने, निगरानी राख्नेलगायत सबै काम गरेको छ । विदेशबाट आएकाहरूलाई विराटनगर महानगरपालिकाले बनाएको क्वारेन्टिनमा राखिदै आएको छ । क्वारेन्टिनमा दुई साता बसेपछि उनीहरूको आरडिटी र पिसिआर प्रविधिबाट स्वाव संकलन गरिन्छ । नेगेटिभ आएपछि उनीहरू घर जादछन् । केही दिन अगाडी भारतको रोजगारीबाट फर्कीएका एक जनामा कोरोना संक्रमित फेला परेको थियो । कोरोना संक्रमित देखिएको विरामी विराटनगरस्थित कोशी अस्पतलाको कोभिड– १९ उपचार केन्द्रमा दुई साता बसेपछि ठिक पनि भयो ।
भारतसँग सीमा जोडिएका सहर भएकोले पनि पूर्ण रुपमा सीमा सिल गर्न सकिएको अवस्था छैन । अहिले वैधानिक रूपमा आएका मानिसहरूलाई होल्डिङ एरियामा राखेका छौं । हिजोका दिनमा सरकारले देश छिर्न नदिने, मानिसहरू लुकेर नेपाल पस्ने र उनीहरूले संक्रमण फैलाउने आशंका थियो । त्यो अवस्थामा पनि हामीले दिनरात नभनी काम गरेर जोगाउन सफल भएका छौं । जुनसुकै ठाउँबाट हाम्रो वडामा आएकाहरूको महानगरसँग समन्वय गरि आरडीटी परीक्षण नगरीकन, क्वारेन्टिनमा नराखीकन कतै जान दिएका छैनौं । वडाबासीलाई सुरक्षित राख्न हामी दिनरात लागि परेका छौं ।
वडा भित्र कोभिड–१९ को अवस्था के छ ?
सरकारले गत जेठ १३ गतेदेखि रोजगारको क्रममा भारत गएकाहरूलाई बोर्डर एरियामा रहेकाहरूलाई ल्याउन थालेको छ । यस क्रममा हाम्रो वडा भित्रका केही वडाबासी पनि आए । हामीले उनीहरूलाई सुरक्षित रूपमा विराटनगर महानगरपालिकाले बनाएको क्वारेन्टिनमा राखेका छौं । यस क्रममा हाम्रो वडा भित्रका १२ जना भारतबाट आएकाहरूलाई क्वारेन्टिनमा राखेका छौं । उनीहरूको पिसिआर प्रविधिबाट परिक्षण हुन्छ । केही दिन अगाडी भारतको रोजगारीबाट फर्कीएका एक जनामा कोरोना संक्रमित फेला परेको थियो । कोरोना संक्रमित देखिएको विरामी विराटनगरस्थित कोशी अस्पतलाको कोभिड– १९ उपचार केन्द्रमा दुई साता बसेपछि ठिक पनि भयो । खुल्ला सिमाको कारण कतिपय लुकेर पनि आए । तर, भारतबाट लुकेर वडा भित्र कोही व्यक्ति आए जनप्रतिनिधीलाई खबर गर्नु भनेको छु । त्यसरी लुकेर आएको फेला पारे हामी क्वारेन्टिनमा राख्न लैजाने गरेका छौं । यस्तै वडा भित्रको प्रत्येक टोलहरूमा सचेता पनि फैलाउँदै आएका छौं ।
प्रसंग बदलौं, वडाभित्रको विकास काम कसरी भइरहेको छ ?
हामी निर्वाचित भएर आएपछि योजना बनाएर सिमित स्रोत साधन र बजेटको उचतम प्रयोग गरि निरन्तर विकासमा ध्यान दिएका छौं । जनप्रतिनिधीहरू आएपछि पहिलो वर्ष वडा भित्र धेरै सडकहरु कच्ची भएकोले त्यसलाई ग्राभेल गरि नाला निर्माण हुने कामहरु भयो । दोस्रो वर्ष बढी नाला र ग्राभेल सँग संगै लगेर पिच बनाउने काम भयो । वडा भित्र रहेको मलनवा मार्ग अहिले लकडाउनको समयमा पनि काम धमाधम ग्राभेल भइरहेको छ । यस्तै जागृती मार्ग, पञ्चमुखी चौकदेखि मंगलबारेसम्म पनि ग्राभेल भइरहेको छ । यस्तै अन्य विभिन्न सडकहरू ग्राभेल, कल्भट र नाला निर्माणको काम पनि भइरहेको छ ।
के–केमा प्राथमिकता राखेर काम गर्दै आउनुभएको छ ?
प्रमुख प्राथमिकता भनेको भौतिक पूर्वाधार निर्माण नै हो । त्यसको अलवा शिक्षा, स्वास्थ्य पनि रहेको छ । हामीले वडा भित्रका सडक निर्माण, मर्मत, नाली निर्माण गरिरहेका छौं । यसअघि जस्तै यो वर्ष पनि हामी पूर्वाधार निर्माणमै विशेष ध्यान दिएका छौं । वडा भित्रको सडक सञ्जाल जोडिने सडक निमार्णको कामहरू पनि धमाधम भइरहेको छ । विकास सँगै शिक्षा, स्वास्थ्य र सामाजिक कार्यलाई पनि अगाडी सारिएको छ ।
शिक्षा र स्वास्थ्यको क्षेत्रमा कसरी काम भइरहेको छ ?
यस वडा भित्र तीन वटा विद्यालयहरु छन् । विगतको तुलनामा अहिले पढाइ राम्रो हुदै छ । पूर्वाधारको पनि विकास भएको छ । यहाँ बखरी स्कूल, दरियामा आधरभूत र महलनुवा आधरभूत स्कूल छ । नयाँ शैक्षिक शत्रदेखि दरियामा स्कूलमा अगं्रेजी माध्यमबाट पठनपाठन हुदैछ । अहिले लकडाउनले गर्दा भर्ना अभियान प्रभावित बनेको छ । सबैको साथ सहयोगले यहाँ रहेको विद्यालयको शैक्षिक गुणस्तर सुधारमा हामी लागी परेका छौ ।
बखरी आधरभूती विद्यालयको २ कोठाको २५ लाख लागतमा थप भौतिक संचरना पनि निर्माण भइरहेको छ । संघिय संसद लालबावु पण्डितको निर्वाचन क्षेत्र विकास कोष अन्र्गतको बजेट बिनायोजन गरि अहिले बखरी स्कूलको भवन निर्माण भइरहेको हो । स्वास्थ्यको क्षेत्रमा एक वडा एक स्वास्थ्य चौकीको अवधारणा रहेको छ । यहाँ रहेको बखरी स्वास्थ्य चौकीबाट स्थानिय जनतालाई सामान्य स्वास्थ्य सेवाहरू प्रदान हुँदै आएको छ ।
अन्त्यमा वडाबासीलाई केही भन्नुहुन्छ ?
आफु वडा अध्यक्ष भएपछि आफुले गर्ने दायित्व र कतब्यहरु पुरा गर्दै आएको छु । म एक्लो वडा अध्यक्ष मात्रले केही हुने होइन, सम्पूर्ण वडाबासीहरुको साथ सहयोगले मात्र समृद्ध वडा बन्नेछ । यसमा सबैले साथ सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।
तपाईको प्रतिक्रिया