AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नक्कली सेना प्रयोग गरेको विषयमा ‘मलाई बदनाम गराउने काम भयो’ नेतृ चौधरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ पुष २०७५, सोमबार २०:५९
3
Shares
विराटनगर / नेपाल आर्मीको लप्टन भन्दै ठगी गर्दै हिँड्ने ब्यक्तिलाई बडिगार्ड बनाएको भनेर विभिन्न सञ्चार माध्यममा आएका समाचार प्रति नेकपाकी नेतृ भगवती चौधरीले आपत्ति जनाएकी छिन् ।

केहि दिन अघि सुनसरीको दुहवीबाट नक्कली सेना बनेर विभिन्न ब्यक्तिलाई ठगी गर्ने सुगम ठकूरी पक्राउ परेका थिए । पक्राउ परेका ठकूरी नक्कली सेना भएको र निजलाई भगवती चौधरीले प्रतिनिधिसभा निर्वाचनमा समेत प्रयोग गरेको भन्दै केहि सञ्चार माध्यमले समाचार प्रकाशित गरेमा नेकपाकी केन्द्रीय सदस्य चौधरीले आपत्ति प्रकट गर्दै आफुले कुनैपनि ब्यक्तिलाई बडिगार्ड नराखेको स्पष्ट पारेकी हुुन् ।

आज एक विज्ञप्ति प्रकाशित गर्दै नेतृ चौधरीले सुगम ठकूरी भन्नेलाई प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग नगरेको र उक्त समय निज ब्यक्ति आफ्नो छोराको सम्पर्कमा आएर त्यसले अनुचित लाभ उठाएको बताएकी छिन् ।

चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ठकूरी सुनसरी दुहवीकै मान्छे भएको हिसाबले छोरासँग केहि समय यता सम्पर्कमा रहेको र सोहि क्रममा निर्वाचन आउनुभन्दा धेरै अगाडी कहिले काहीँ आउजाउ गर्दा एकाध दुई पटक उसँग देखादेख मात्र भएको जिकिर गरेकी छिन् ।

चौधरीले त्यत्तिबेला समेत उक्त ब्यक्तिलाई ‘तिम्रो पारिवारिक ब्याक ग्राउण्ड के हो ?, के गर्छौ’ भनेर केरकार समेत गरेको बताएकी छिन् । ठकूरीले आफुलाई नेपाल आर्मीमा भर्ति हुन तयारी गरिरहेको बताएको र आर्मीमा भर्ती हुने क्रममा आफ्नो नाम लिएको थाहा पाएपछि नै नेपाल आर्मीलाई आफ्नो छोरा नभएको स्पष्ट पारेको बताएकी छिन् । ‘म भगवती चौधरीको छोरा हुँ’ भनेर आर्मीमा भनेपछि आर्मीका कर्नेल लक्ष्मीभक्त श्रेष्ठ र मेजर केशब कार्कीले मलाई फोन गरेपछि मैले तत्कालै कर्नेल श्रेष्ठलाई ‘मेरो एउटा मात्र छोरा छ, त्यो पनि देहरादुनमा अध्ययनरत छ । मेरो छोरा हैन’ भनिसकेकी थिए ।’ चौधरीले उल्लेख गरेकी छिन् ।

उनले ठकूरी आफ्नोे छोरासँग कहिले काँही चुनाबी कार्यक्रममा आएको हुनसक्ने तर, समाचारमा भने जस्तो बडिगार्ड नै बनाएर आफुले नराखेको स्पष्ट पार्दै भनिन् । ‘छोरासँग साथीको नाता लगाएर मलाई आन्टी भन्दै भेटेको थियो, एकाध दुइपटक भेट गरेपनि मैले वास्ता गरेकी थिइन, उसले त्यहि भेटघाटको फोटो प्रयोग गर्दै सर्वसाधारण र प्रहरीलाई समेत ठग्ने काम गरेको रहेछ ।’ उनले भनिन् ।
चौधरीले केहि सञ्चार माध्यमले सुनसरीको दुहवीमा आयोजित फुटवल प्रतियोगिताको फोटो प्रयोग गर्दै आफुलाई बद्नाम गराउन निर्वाचनको बेला नै नक्कली सेना प्रयोग गरेको भन्दै गलत समाचार बनाएको दावि गरिन् । ‘निर्वाचनका बेला मलाई सरकारले नै पर्याप्त सुरक्षा ब्यवस्था गरिदिएको थियो, सक्कली सुरक्षाकर्मी नै राख्नुपर्ने अवस्था थिएन । सुगमले बाहिर नक्कली आर्मी बनेर ठगी गरेको विषयमा मलाई जोडेर बद्नाम गराउने काम भयो ।’ उनले भनिन् ।

चौधरीले सुगमलाई आर्मीमा भर्ती गराउन आफुले कसैलाई सोर्सफोर्स नलगाएको पनि जिकिर गरेकी छिन । ‘समाचारमा उल्लेख गरेजस्तो उसलाई भर्ती गराउन मैले नेपाल आर्मीका कुनैपनि तह र तप्कामा दवाव दिएको छैन ।’ विज्ञप्तिमा उल्लेख छ–‘गएको कार्तिक महिनामा सुनसरी दुहवीमा आयोजित एक फुटवल प्रतियोगितामा जाँदा सुगम ठकूरी आर्मीको ड्रेस सहित आएको रहेछ । उक्त समय म सँग मेरो छोरा पनि साथमा रहेकोले उसले म बसेको ठाउँमा आएर छोरासँग गफ गरेको अवस्थामा मैले ‘यसरी सार्वजनिक कार्यक्रममा ड्रेस लगाएर नआउ’ समेत भनेको थिए । त्यसपछि उक्त ब्यक्तिसँग मेरो कुनै भेटघाट समेत भएको छैन ।’

चौधरीले गलत समाचारले आफ्नो ब्यक्तित्व, इमान्दारिता र राजनीतिमै असर पुर्याउने काम गरेको बताउँदै त्यस्ता दुस्प्रचार नगर्न आग्रह गरेकी छिन् । साथै चौधरीले नक्कली आर्मी बनेर सर्वसाधारणलाई ठग्ने त्यस्ता ब्यक्तिलाई कारवाहीको माग गरेकी छिन् । ‘नेपालको कानुनलाई मिचेर कसैले अपराध गर्दै हिँड्छ, सेनाको लप्टन हुँ भन्दै नक्कली परिचयपत्र बनाएर हिँड्छ र सर्वसाधारण जनतालाई ठग्ने गर्दछ भने त्यस्ता ब्यक्तिलाई सजायको भागिदार बनाउनै पर्दछ ।’

चौधरीले गलत कृयाकलाप गर्ने, जनतामा भ्रम छर्ने सुगम ठकूरीलाई कानुनी कारवाही गर्ने सवालमा आफ्नो तहबाट नेपाल सरकारलाई जस्तोसुकै सहयोग गर्न पनि तत्पर रहेको स्पष्ट पारेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर