RUMPUM
animated ellipse animated ellipse

मोरङ व्यापार संघले भारतीय नागरिकको नाम दर्ता गरी भारतीय राजदुतावास बुझायो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ पुष २०७५, आईतवार २०:२३
3
Shares

विराटनगर / मोरङ व्यापार संघले चार सय भारतीय नागरिकको नाम दर्ता गरी भारतीय राजदुतावास काठमाण्डौंलाई बुझाएको छ ।

दुताबासको आग्रहमा मोरङ व्यपार संघ आफनो सचिवालयमा कन्सुलर क्याम्प मार्फत झण्डै ४ सय जना नागरिकहरुको नाम दर्ता गरेर भारतीय राजदुतावासका दितिय सचिव अभयकुमार ओझा, एटैची आर. के. दुवेलाई हस्तान्त्रण गरेको छ । मोरङ व्यापार संघका अध्यक्ष पवन कुमार सारडाले विराटनगरबाट संकलन भएको तथ्याङक आज दुतावासका अधिकारीलाई हस्तान्त्रण गरेका हुन् ।

भारतीय मुलका डाक्टर, प्रोफेसर, विद्यार्थीलगायत उद्योगमा काम गर्ने प्राविधिकहरुलाई भारतीय नागरिकको दर्ता प्रमाण पत्र वितरण गराएको छ । भारतीय राजदुतावासबाट आएका सहायक भुषण महथालगायत यस संघका सचिवालयका कर्मचारीहरुले सो प्रमाण पत्र वितरण कार्यमा सहयोग पुरयाएका थिए । व्यापार संघको तर्फबाट सचिव अनिल साह र कार्यसमिति सदस्य अनिल सारडाले दर्ता संकलनमा सहयोग गरेका थिए । संघका उपाध्यक्ष सुनिल टिवडेवाला, महासचिव नवीन रिजाल, कार्यसमिति सदस्य अनुपम राठी र पियुष तोदिको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर