RUMPUM
animated ellipse animated ellipse

चार वर्षीया वालिकासँग यौन दूराचार गरेको आरोपमा एक जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ पुष २०७५, आईतवार १९:१०
3
Shares
सप्तरी/ चार वर्षीया वालिकासँग यौन दूराचार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बोदे बर्साइन नगरपालिका ७ हैंठी टोलका चार वर्षीया वालिकासँग हस्तमैथुन गराएको भन्दै परिवारले दिएको निवेदनको आधारमा प्रहरीले स्थानीय ४५ बर्षीय वरुण रामलाई पक्राउ गरेको हो ।

रामले छिमेकी ती वालिकालाई बारीमा लगी सोमबार साँझ हस्तमैथुन गर्न लगाएको आरोप लागेको ती बालिकाका परिवारले लगाएका पछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । वरुणबिरुद्व बालिकाको परिवारले करणीसम्बन्धी कसूरमा जाहेरी दिएको छ ।

इलाका प्रहरी कार्यालय बोदे बर्साइनले जाहेरी पाएसँगै वरुणलाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर