AArya
RUMPUM
animated ellipse animated ellipse

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ पुष २०७५, आईतवार १८:३८
3
Shares

सुनसरी / सुनसरीको ईटहरी उपमहानगरपालिका ५ मा आज ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ ।

कोशी राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व आउँदै गरेको को १ त ५६८५ न.को ट्याक्टरले सोही दिशाबाट आइरहेको को २८ प ६०७१ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्य भएको हो । आज दिउँसो ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालक इटहरी ५ का ४० वर्षिय शालिग्राम निरौला र मोटरसाईकलको पछाडी सवार रहेका सुनसरी बराह नगरपालिका ९ का ५० वर्षिय हेमराज कोइरालालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते दुवैजनालाई उपचारको लागि ईटहरी स्थित एपेक्स अस्पताल पठाईएकोमा उपचारको क्रममा गम्भीर घाइते निरौलाको अस्पतलामा मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टरका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने घाइते कोइरालाको सोही अस्पतलामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर