AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाल विजनेश कलेजमा स्वागतत तथा बिदाई एउटै मञ्चबाट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७५, शनिबार १७:१५
189
Shares
विराटनगर / विराटनगर – ११ मा रहेको नेपाल विजनेश कलेजले नयाँलाई स्वागत र पहिलो ब्याचका विद्यार्थीहरुलाई बिदाई गरेको हो ।

कलेजले आज पाँचौ ब्याचमा अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत तथा पहिलो ब्याचका विद्यार्थीहरुलाई विद्याई एक साथ गरेको हो । कलेजमा विविएमा अध्ययन गर्ने पहिलो ब्याचका २१ जना विद्यार्थीलाई मायाको चिनो दिएर विदाई गरेको थियो । सो अवसरमा कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै कलेजको बारैमा विद्यार्थीहरुलई जानकारी गराएको थियो ।

मिस फ्रेशरको विजेता एलिना थापा

कार्यक्रममा कलेजका कलेजका प्रवन्धक निर्देशक दिपक कोइराला, एकेडेमी निर्देशक प्रा.डा. वेदराज आचार्य, फेकल्टी इन्चार्ज आशिष पाण्डेले नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै विदाई हुने विद्यार्थीलाई विदाई गर्दै कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएका थिए । कार्यक्रमको सभापतित्व कलेका अध्यक्ष डा. भेषप्रसाद धमालाले गरेका थिए ।

सो अवसरमा कलेजमा भर्ना भएका नयाँ विद्यार्थी विच मिस्टर एण्ड मिस फ्रेशर प्रतियोगिता समेत आयोजना गरेको थियो । मिस्टर फ्रशरको उपाधि साजिव हक तथा मिस फ्रेशरको उपाधि एलिना थापाले हात पारेकी छिन् । कलेजमा ३६ जना कोटा रहेकोमा ३० जना विद्यार्थी भर्ना भएको जनाएको छ । कजेजमा अध्ययनरत विद्यार्थीहरुले नृत्य तथा गित गाएर उपस्थीत अतिथी तथा विद्यार्थीहरुलाई थप मनोरञ्जन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर