पूर्वाञ्चल खबर
विराटनगर /विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचारकोक्रम मृत्यु भएका एक शव अस्पताले बन्धक बनाएको छ ।
मोरङको कटहरी गाउँपालिका–३ की अनिता मिश्रका ३२ वर्षीय श्रीमान दीपक मिश्र दुर्घटना परेपछि साउन २ गतेदेखि उपचारका लागि अस्पताल ल्याएको श्रीमानको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।
मिश्रको मृत्यु भएपछि अस्पतालले साढे तीन लाख रुपैयाँ तिर्न बाँकी रहेको बिल नतिरेको भन्दै श्रीमानको शव अन्तिम संस्कारका लागि लैजान दिएको छैन । पाँच महिना अस्पतालमा राखेर उपचार गर्दा उनको १४ लाख भन्दा बढी अस्पतालले उपचार खर्च लिइसकेको छ ।
साउन २ गते विराटनगर महानगरनगरपालिका ४ स्थित कञ्चनवारीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मिश्रको नोबेल अस्पताल विराटनगर ४ का हरि दाहालले कुदाएको मोटरसाइकलले ठक्कर दिएको थियो । सामान्य परिवारका दाहालले ३ लाख रुपैयाँ उपचारका लागि दिएका थिए । बाँकी खर्च भने अनिताले आफैं जुटाएकी हुन् ।
दुर्घटनामा टाउकोमा चोट लागेपछि ५ महिनायता उनीहरु नोबेल थिए । उपचार गरेवापत अब नोबेललाई ३ लाख ५० हजार रुपैयाँ तिर्न बाँकी रहेको अनिताले बताइन् । यसअघि औषधि र उपचार खर्चवापत उनले १४ लाख भन्दा बढी बुझाइसकेकी छिन् ।
श्रीमानको उपचारमा आफ्नो सम्पत्ति सकिएपछि थप ३ लाख रुपैयाँ दिन सक्ने अवस्थामा नरहेको अनिता बताउँछिन् । खर्च जुटाउन नसकेपछि अन्तिम संस्कारका लागि श्रीमानको शव झिकाइदिन हारगुहार गरिरहेकी छिन् ।
अस्पताल भन्छ– दुर्घटना केस हो, छाड्न सकिँदैन
नोबेल मेडिकल कलेजका व्यवस्थापक नारायण दाहाल दुर्घटनाको केस भएकाले छुट दिन सक्ने अवस्था नरहेको बताउँछन् । अस्पतालमा ३ लाख ५० हजार तिर्न बाँकी रहेको बताउँदै उनले १ लाख रुपैयाँसम्म छुट गर्न सकिने जानकारी दिए ।
करिब १४ लाख रकम अस्पताललाई बुझाए पनि मृतकका आफन्तले औषधिको रकम तिर्न बाँकी रहेको दाहालले बताए ।