RUMPUM
animated ellipse animated ellipse

भानु कलेजमा वातावरणीय न्याय सम्बन्धीत सचेतनामुलक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ मंसिर २०७५, बुधबार १६:३३
3
Shares

विराटनगर / विराटनगर ९ मा रहेको भानु कलेजमा अध्ययनरत विद्यार्थीलाई वातावरणीय न्याय सम्बन्धीत सचेतनामुलक एक दिने अभिमुखीकरण सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बार एशोसिएसन वातावरण कानुन समितीका सम्योजक अधिवक्ता पदमबहादुर श्रेष्ठले अहिले भइरहेको प्रदुषण र यसले मानीसको स्वास्थ्इ तथा वातावरणमा परेको प्रतिकुल असर तथा यसलाई कसरी निराकरण गर्नको निम्ती विभिन्न किसिमको कानुन सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

कलेजका प्रिन्सिपल देवेश प्रधानले यस्ताखाले कार्यक्रमले विद्यार्थीहरुले अहिले विराटनगरमा भएको वातावरणको बारैमा तथा यसलाई कसरी निराकरण गर्न सकिन्छ जस्ता कुराको ज्ञान आर्जन गरेको बताए ।

कार्यक्रमा कलेजका सञ्चालकद्वय प्रा.डा. दामोदर थापा र मोहन श्रेष्ठ उपस्थीत रहेका थिए । कार्यक्रममा कक्षा १२ विज्ञान संकायमा अध्ययनरत ६५ जना छात्र छात्राहरुको सहभागी रहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर