RUMPUM
animated ellipse animated ellipse

मधेशमा अगाडि पछाडि जे जोडिए पनि आपत्ती नहुने-संयोजक महतो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ मंसिर २०७५, मंगलवार १८:२९
3
Shares
फाइल तस्वीर

विराटनगर  /राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतोले २ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्ने बताएका छन् ।

राजपाले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले मधेशमा अगाडि पछाडि अरु नाम जोडिए पनि आपत्ती नहुने बताए । ऐतिहासिक, सांस्कृतिक हिसावले प्रदेशको राजधानी भने जनकपुर नै हुनुपर्ने प्रदेशबासीको इच्छा रहेको आफूले बुझेको उनको भनाइ थियो ।

यद्यपि प्रदेशको नाम र राजधानीको विषय विधान सभाले टुंग्याउने र उसैको अधिकारको विषय रहेको संयोजक महतोले बताए । वर्तमान संघीय सरकार प्रत्येक कुरामा असफल हुँदै गएको भन्दै सरकारको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा छिट्टै टुंगो लगाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर