पूर्वाञ्चल खबर
इन्सेक प्रदेश एक कार्यालय विराटनगरले आज विराटनगरमा आयोजना गरेको मानव अधिकार र मानविय अवस्थाको स्थिती विषयक अन्तरत्रृmया कार्यक्रममा मानव अधिकार बर्ष पुस्तक २०१९ का लागि संकलन गरिएको घटनाको तथ्याङकमा विभिन्न प्रकृतिका हत्याका घटनाबाट ५४ जनाले ज्यान गुमाएको उल्लेख भएको हो । जसमा महिला २० जना , वालीका २ जना , बालक १, नवजात शिशु ५ र पुरुष २६ जना रहेका छन् भने ३ जना पुरुषको गोली प्रहारबाट हत्या भएको छ ।
तथ्याङक अनुसार एघार महिनाको अबधीमा प्रदेश भर राज्य पक्षबाट ४९ जना सहित ७ सय ५० पीडित भएका छन् । सबैभन्दा बढी बलत्कारबाट २ सय २० जना र बलत्कार प्रयासबाट ९९ जना पीडित भएका छन् । यसैगरी घरेलु हिसा एक सय ४१ जना, कुटपिट घाइते ६६ जना,बहुविवाहबाट ४२ जना, वालविवाहबाट ३ जना, मानवबेचविखनबाट १२ जना, अपहरणबाट १० जना,जातिय विभेदबाट ४ जना पीडित भएका छन् । त्यस्तै गाली बेइज्यतीबाट ७ जना,हत्या प्रयासबाट ९ जना,गिरफ्तारीबाट ३७ जना,आर्थिक सामाजिक सास्कृतिक अधिकारबाट ६ जना,अप्राकृतिक मैथुनबाट २ पीडित भएको इन्सेकले जनाएको छ ।
कार्यक्रममा एक नम्बर प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार जनताको आधारभुत अधिकार सुरक्षित गर्न लागि पर्ने बताए । उनले राज्य वा गैरराज्य पक्ष जसले मानवअधिकार उलङघन गरेपनि मुख्य जिम्मेवार राज्य हुनु पर्ने बताए । स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार तिनै तह, राजनितिक दल,मानवअधिकारकर्मी सबै मिलेर मानवअधिकारको संरक्षण र सम्बर्धनमा लाग्नु पर्ने मन्त्री कार्कीले बताए ।
यसैगरी प्रदेशसभा सदस्य यसोधा अधिकारीले हत्या, हिसा, बलत्कार, घरेलु हिंसा जस्ता घटना न्युनिकरण गर्न आबश्यक पर्ने कानुनहरु बनाएर कार्यन्वयन पक्ष वलियो बनाउन आबश्यक भएको बताइन् । उनले हिसामा महिला र वालिकाहरु बढी पीडित हुने गरेको भन्दै बलियो कानुनले मात्र यस्ता घटना न्युनिकरण गर्ने समेत बताइन् । ।
राष्ट्रिय मानवअधिकार आयोग प्रदेश १ कार्यालय विराटनगरका प्रमुख मोहन जोशीले स्थानीय सरकारले हत्या हिसा बलत्कार जस्ता घटनाबाट जनतालाई जोगाउँदै उनीहरुको आर्थिक सामाजिक सास्कृतिक अधिकार संरक्षण गर्नु पर्ने बताए ।
मोरङका प्रखुम जिल्ला अधिकारी रमेश केसीले पहिले भन्दा अहिले मानवअधिकार संरक्षणको अवस्था सुधारोन्मुख भएको बताए । उनले अन्य सरोकारवाला संगै नागरिकले पनि मानवअधिकार संरक्षण र सम्बर्धनमा सहयोगी भुमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा एक नम्बर प्रदेश योजना आयोग उपाध्यक्ष तथा इन्सेक पूर्व अध्यक्ष सुवोधराज प्याकुरेल, एक नम्बर प्रदेश सरकारका मुख्य न्यायधिबक्ता चुडामणी आचार्य, प्रदेशसभा सदस्य शिबनारायण सिह, नेपाल पत्रकार महासंघ एकनम्बर प्रदेश अध्यक्ष विक्रम लुइटेल, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धु पोखरेल लगायतको सहभागिता रहेका थिए ।