AArya
RUMPUM
animated ellipse animated ellipse

निर्मला पन्तलाई न्याय माग्दै बिप्लव माओबादीको विराटनगरमा जुलुस प्रर्दशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ मंसिर २०७५, आईतवार १६:३८
3
Shares
विराटनगर / कञ्चनपुरमा हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कार पछी हत्या गर्ने अभियुक्तलाई पक्राउको माग गर्दै विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) ले आज प्रर्दशन गरेको छ ।
विराटनगर महानगरपालिका १० संसारीमाईस्थानबाट नेकपा कोशी अञ्चल ब्युरोले जुलुस निकालेर विराटनगर बजार परिक्रमा गर्दै बिरोध प्रर्दशन गरेको हो ।

जुलुसले निर्मालालाई न्याय दे, समाजबादी बैज्ञानिक समाजबाद स्थापना गरौ, संसदिय व्यवस्था मुर्दाबाद आदि नारा लगाए नगर परिक्रमा गरेका थिए । नारावाजी सहितको जुलुसले विराटनगर बजार परिक्रमा गरिसकेपछि चुलाचुली रोडमा कोणसभा आयोजना गरेको छ ।

प्रदर्शनमा गाउँगाउँबाट नेकपाका नेता कार्यकर्ता उपस्थित थिए । प्रदर्शनमा सहभागीले हत्याको घटना भएको लामो समय सम्म पनि दोषी पत्ता लाग्नु नसकेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले सरकारको गैर जिम्मेवारी पनकै कारण हत्यारा पत्ता लाग्न नसकेको भन्दै आक्रोस पोखे । विप्लव नेत्रृत्वको नेकपाले बढ्दो महँगी र भ्रष्टाचार अन्त्यको माग पनि गरेको छ । पार्टीले प्रदर्शन गर्ने पूर्वघोषित कार्यक्रम अनुसार प्रदेश १ को अस्थायी मुकाम विराटनगरको सुरक्षा व्यवस्था भने कडा पारिएको थियो । फोटो पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर