RUMPUM
animated ellipse animated ellipse

मोरङको धनपालथानमा सहकारी फोडि चोरी गर्ने तीन जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ भाद्र २०८०, सोमबार २१:११
378
Shares
विराटनगर / मोरङको धनपालथान गाउँपालिकामा सहकारी फोडी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनपालथान गाउँपालिका – २ कुशमाहमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोडी नगद र ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धनपालथान गाउँपलिका वडा १ नोचाका वर्ष २१ का पारस मण्डल, धनपालथान ७ कदमाहका वर्ष २४ का रोशन मण्डल र सोही ठाउँका वर्ष २० काविशाल कुमार सिंह रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

उनीहरुले साउन ३२ गते रातको समयमा युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रातको समयमा ढोकामा लगाइएको ताला फुटाइ नगद ५० हजार, दुर्इ थान ल्यापटप चोरी गरेको प्रहरीले जनाएको छ । ‘सहकारीको सेफ फुटाइ नगद र ल्यापटप चोरी गरेको पाइएको छ,’ डिएसपी दाहालले भने, ‘अहिले अनुस्न्धान भइरहेको छ । थप विषय पछि खुल्नेछ ।’

चोरी आरोपमा पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय रंगेली र मातहत प्रहरी चौकी अमाही बरियातीबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीन जनालाई इप्रका रंगेलीले आइतबार मोरङ अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर