पूर्वाञ्चल खबर
विराटनगरमा आज आयोजना गरेको उक्त प्रतियोगिताको छात्रातर्फको द्धितीय गोदावरी स्कूलकी रिच्चा थापा, तृतीय सोही स्कूलकी अन्सु लामा, चौथो गौतम बुद्ध स्कूलकी रीतिका रानामग र पाँचौ मिल्स माविकी अन्सुकुमारी महतो घोषित भइन् ।
त्यस्तै छात्रतर्फ भएको उक्त प्रतियोगिताकोे द्धितीय राइजिङ्ग स्कूलका एम.डि अक्बर, तृतीय खुल्ला रुपमा भाग लिएका मुकेश यादव, चौथो गौतम बुद्ध स्कूलका बबिस थापा र पाँचौं स्टार स्कूलका दिपक भण्डारी भए ।
प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ३ हजार १, द्धितीय २ हजार १, तृतीयले १ हजार १ रुपैयाँको साथै ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक विष्णु डंगोलले बताए । चौथो र पाँचौ हुने प्रतियोगिले समेत नगद पुरस्कार पाएका थिए ।
विद्यालयमा अध्ययरत विद्यार्थीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरेको सहकारीको अध्यक्ष छत्रबहादुर तामाङ्गले बताए । आगमी दिनमा पनि यस प्रतियोगितालाई निरन्तरा दिने बताए । प्रतियोगितामा विराटनगर–१२, १३ १४,१५ र १६ नम्बर वडामा रहेको विद्यालयका पाँच दर्जन बढी विद्यार्थीहरूले भाग लिएको कार्यक्रम संयोजक डंगोलले बताए ।
विजेता हुनेलाई सहकारीका अध्यक्ष तामाङ्ग, उपाध्यक्ष कमल लामा, सचिव बद्री न्यौपाने, सदस्यहरू भीम प्रधान, लखु लामा तथा कार्यक्रम संयोजक विष्णु डंगोलले पुरस्कार वितरण गरेका थिए ।