AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महान्यायाधिवक्ता खरेलले गरे सरकारी वकिलको कार्यालय शिलान्यास

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ मंसिर २०७५, बुधबार १६:०२
3
Shares
बिराटनगर / महान्यायाधिवक्ता अग्नि खरेलले सरकारी वकिलको कार्यालय साधन सम्पन्न एवम् व्यवसायीक रुपमा सञ्चालन गर्नु पर्ने वताए ।

महान्यायाधिवक्ता खरेलले आज विराटनगर महानगरपालिका वडा नं ७ स्थित जिल्ला सरकारी वकिलको कार्यालय भवनको शिलान्यास गर्दै सो कुरा वताएका हुन् ।

आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी २१ कोठे अढाई तल्ले उक्त भवन रु ३ करोड १० लाख ६० हजारमा निर्माण गरिने भएको छ । महान्यायाधिवक्ता खरेलले वर्तमान सरकार बिकृति र विसंगति विरुद्ध रहेकोले सोही अनुरुप कार्यालय व्यवसायिक ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यालयलाई सुद्धिढिकरण, भौतिक साधान स्रोध सम्पन्न गर्नका सरकारले कार्य गरिरहेको वताउँदै महान्यायाधिवक्ता खरेलले दक्षतासँग जोडिएका कार्यक्रम सञ्चालन गर्नु पर्ने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर