RUMPUM
animated ellipse animated ellipse

मापसेलाई छुटाउन उपप्रधानमन्त्रीको अगाडि प्रदर्शन,यूवालाई समर्थन गर्ने हवल्दारसमेत गिरफ्तार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ मंसिर २०७५, मंगलवार २१:१४
3
Shares
विराटनगर / कटहरी गाउँपालिका १ महेशपुरमा मादक पदार्थ सेवन (मापसे) चेकजाच गर्ने क्रममा प्रहरी र स्थानीयबास बीच सोमबार राति झडप भयो । झडपमा संलग्न भएको आरोपमा प्रहरी हवल्दारसहति ३ जनालाई प्रहरीले नियन्त्रणमा लियो ।

प्रहरीले घरघरमा पसेर सुतिरहेका र बसिरहेका सर्वसाधारणमाथि कुटपिट गरेको भन्दै स्थानीयले आज उपप्रधान तथा रक्षामन्त्री सामु विरोध जनाएका छन्।

वडाअध्यक्ष र केही स्थानीयले पक्राउ परेका व्यक्तिलाई छोड्नु पर्ने मागसहित प्रहरीविरुद्ध नाराबाजी गरेका हुन् ।
मन्त्री पोखरेल सहभागी हुने वीरेन्द्र सभा गृहको गेट अगाडि प्रदर्शन गरेपछि प्रहरीले स्थानीयलाई हटाएर पोखरेल र प्रदेश मुख्यमन्त्री शेरधन राईको गाडी कार्यक्रम स्थलमा प्रवेश गराएको थियो ।

सोमबार साँझ झडपका क्रममा स्थानीय बासिन्दा समेत रहेका प्रहरी हवल्दार सवदनारायण चौधरी, अनन्तराम चौधरी, जोगनारायण चौधरीलाई पक्राउ गरेको थियो । सवदनारायण प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् । पक्राउ परेकाहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण गराउँदा मापसे गरेको रिपोर्ट आएको प्रहरीको भनाइ छ ।

मापसे गरी ड्युटीमा रहेका प्रहरीसँग झगडा गरेपछि तीनै जना विरुद्ध प्रहरीले आज अभद्र व्यवहारको मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए ।

झडपमा जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान रोजन राई घाइते भएका छन् । स्थानीय बासिन्दाले वियरको बोतल प्रहार गर्दा टाउकोमा चोट लागेपछि चार टाँका लगाइएको थियो । स्थानीयले ढुंगा प्रहार गर्दा प्रहरीका ना १ झ ९२० नम्बरको गाडीको अगाडिको सीसा फुटेको छ ।

चेकजाँचमा खटिएको प्रहरी टोलीसंग मापसे गरेर आएका स्थानीयले विवाद गरेपछि सामान्य धरपकडको स्थिति सिर्जना भएको बताउदै प्रहरी उपरीक्षक केसीले विवाद गर्नेहरुमाथि म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर