RUMPUM
animated ellipse animated ellipse

राप्रपा प्रजातान्त्रीक मोरङको अध्यक्षमा बस्नेत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०७५, आईतवार २२:३८
3
Shares
विराटनगर / राप्रपा प्रजातान्त्रीक मोरङको कार्यसमिति चयन भएको छ । शनिबार विराटनगरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा राप्रपा प्रजातान्त्रिकले राजेन्द्र बस्नेतको अध्यक्षतामा नया“ कार्यसमिति चयन गरेको हो ।

यस्तै समितिको उपाध्यक्षमा दुर्गा कार्की र सचिवमा प्रदिप सुवेदी चयन भएका छन् । कार्यक्रममा संगठन विभाग प्रमुख ध्रुव प्रधान प्रदेश संयोजक सुनिलबहादुर थापा, अनुशासन समिति संयोजक रामकृष्ण भट्टराई लगायतको केन्द्रीय टोलिले पुरानो तदर्थ समितिलाई नै अनुमोदन गरेको थियो । राप्रपाको विधान अनुसार जिल्ला समिति ४५ सदस्यीयसम्म हुने व्यवस्था रहेको छ । समितिको अन्य पदाधिकारीहरू चयन गर्न बा“की रहेको सचिव सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर