पूर्वाञ्चल खबर
मदन भण्डारी स्पोर्ट एकेडेमी प्रदेश नं. १ को आयोजनामा सुरु भएको उद्घाटन खेलमा संखुवासभा, मोरङ, ओखलढुंगा, झापा, सुनसरी विजय भए ।
पहिलो खेलमा समुह क तर्फ संखुवासभाले खोटाङलाई २५–१४, २८–२६ र मोरङले इलामलाई २५–२२, २५–२३ को सोझो सेटमा पराजित गर्यो । त्यस्तै सोही दिन सम्पन्न समुह ख तर्फ सुनसरीले भोजपुरलाई २५–१९, २५–१८, समुह ग तर्फ ओखलढुंगाले ताप्लेजुङलाई २५–२०, २८–२६, समुह घ तर्फ झापाले धनकुटालाई २५–१०, २५–१५ को सोझो सेटमा पराजित गरेको रेफ्रि विनय राईले बताए । प्रतियोगितामा प्रदेश नं. १ का १४ जिल्लाबाट एक–एक टिमको सहभागिता छ । पहिलो संस्करण गतवर्ष विराटनगरमा भएको थियो ।
प्रतियोगिताको उद्घाटन प्रदेश नं. १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए । स्पोर्ट एकेडेमीका अध्यक्ष सागर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन सचिव टिकाराम घिमिरेले गरेका थिए ।
लिग चरणमा भइरहेको सो प्रतियोगिताको विजेताले ट्रफि सहित नगद १ लाख ५१ हजार १ सय ११, उपविजेताले १ लाख १ हजार १ सय ११, तेस्रो स्थानले ५१ हजार १ सय ११ र चौथो स्थानले २५ हजार १ सय ११ रुपैया पाउनेछ । त्यस्तै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट सर्भिस, ब्लकर, स्पाइकर, सेटर, डिफेन्डर र राइजिङ प्लेयरले ५÷५ हजार रुपैया नगद पुरस्कारको व्यवस्था गरिएको छ ।